Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेन्टर नेपालको राष्ट्रिय भेला यही माघ १४, १५ र १६ गते वीरगन्जमा हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २६,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२६ पुस, वीरगञ्ज । प्रेस सेन्टर नेपालको राष्ट्रिय भेला यही माघ १४, १५ र १६ गते वीरगन्जमा हुने भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने भएको छ ।

प्रेस सेण्टर नेपालको स्थापना दिवसको अवसर पारेर वीरगञ्जमा आयोजना गर्न लागिएको भेलामा देशभरबाट करिव ६ सय प्रतिनिधिले भाग लिने प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले बताए ।

वीरगञ्जमा आयोजना गर्न लागिएको भेला नेपालको पत्रकारिता क्षेत्रलाई जनमुखी, जनउत्तरदायि बनाउन तथा साना लगानीमा संचालित सञ्चार माध्यम प्रवद्र्धनका लागि कस्तो नीति अख्तियार गर्न सकिन्छ भनेर विज्ञहरुको विचार सहित ठोस कार्य नीति तयगरिने भएकोले भेला महत्वपूर्ण हुने अध्यक्ष सापकोटाले बताए ।

वीरगञ्जबाट प्रतिनिधित्व गरेका नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा लगायत पत्रकार सम्वद्र्ध संघ संगठनका नेतृत्वहरुको सहभागीता रहेको छलफल कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले ऐतिहासिक महत्व बोकेको शहर वीरगञ्जमा हुन गइरहेको भेलामा सम्पूर्ण सञ्चारकर्मी र पत्रकार सम्वद्र्ध संघ संगठनको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले वीरगञ्जमा आयोजना हुने भेला सफल पार्न पत्रकार महासंघको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भयो । पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने र मधेस प्रदेश समितिका महासचिव श्याम बन्जाराले समेत प्रेस सेन्टरले आयोजना गरेको भेलालाई सफल बनाउन वीरगञ्जका सम्पूर्ण पत्रकारको साथ सहयोग रहने बताए ।

छलफल कार्यक्रममा प्रेस युनियनका पर्सा अध्यक्ष रामनारयण कुर्मी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, केन्द्रीय सदस्य बृजलाल पासवान, जिल्ला अध्यक्ष मनोज पटेलले समेत आफ्नो संगठनको सहयोग रहने बताएका थिए ।

सो छलफल कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाले कार्यक्रमको तयारी, सहभागीहरुको व्यवस्थापनको बिषयमा प्रकाश पारेका थिए । सो छलफल कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु निर्मल ज्ञावली, लक्ष्मण खड्का, केन्द्रीय सचिव सुनिल खड्का, केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, जगत राई, प्रेस सेन्टर नेपाल ललितपुर शाखाका अध्यक्ष रामहरी कार्की, जिल्ला अध्यक्ष दीपक गौतम लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ पुष २६,मंगलवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ पुष २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद