Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिसापानी अस्पतालको विकास बारे सांसद चौधरी र जनप्रतिनिधी विच छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी, ५ पुस । पश्चिम नवलपरासीको चिसापानी स्थित सरकारी स्वामीत्वमा रहेको चिसापानी अस्पतालको चौतर्फी विकास बारे संघीय सांसद विनोद चौधरी र बर्दघाट नगरपालिकाका जनप्रतिनिधी टोली बिच छलफल भएको छ । काठमाण्डौ स्थित सांसद चौधरीको राजनितिक जनसम्पर्क कार्यालयमा भएको छलफलमा नगरपालिका जनप्रतिनिधी सहितको टोली संग चिसापानी अस्पतालको समग्र विकास वारे छलफल भएको हो ।
सो क्रममा सांसद चौधरी संग चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तरउन्नतीका लागी छलफल केन्द्रित रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाले पश्चिम नवलपरासी १बाट निर्वाचित संघीय सांसद चौधरीलाई यस अगाबै पत्र मार्फत सो अस्पतालको स्तर उन्नतीका लागि पहल गर्न आग्रह उल्लेखीत पत्रचार गरिसकेको थियो ।
सांसद चौधरीले यस वारे यस क्षेत्रको पहिलो उपचार थलो रुपमा चिसापानी अस्पताल को सम्बृद्धि र विकासका लागि आगामी दिनमा प्रदेश सरकार तथा संघीय सरकार यसैगरी अन्य दातृ निकाय संग अस्पतालको चौतर्फी विकास पहल गर्ने प्रतिक्रिया दिनुभयो ।
सांसद चौधरी संग नगर प्रमुख श्रेष्ठ ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको टोली सहभागीता भएको उक्त छलफलमा अस्पतालको दिर्घकालीन व्यवस्थापनका लागी विभिन्न योजनाबाट छलफल गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ ।
चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तर उन्नतीका लागी संघीय सांसद चौधरीले आफु आबद्ध रहेको चौधरी फाउण्डेसन लगायतका अन्य सहयोगी निकायबाट अस्पतालको चौतर्फी दिर्घकालीन विकासका लागी पहल गर्ने सांसद चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष ५,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद