वीरगंज, ०४ पुष । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघको पर्सा जिल्ला अध्यक्षमा युवा नेता अरविन्द त्रिपाठी मनोनित भएका छन् । महासंघको संगठन विस्तार एवम् आगामी जिल्ला अधिवेशन तोकिएको समस्या सम्पन्न गर्ने गरी महासंघको पर्सा जिल्ला अध्यक्षमा त्रिपाठीलाई मनोनित गरिएको हो ।
त्रिपाठी कांग्रेससँग आबद्ध रहेर विगत अढाई दशकदेखि राजनीतिक गर्दै आएका छन् । उनलाई महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेसन गरी २०७९ चैत्र मसान्त भित्र जिल्ला अधिवेशनसमेत समपन्न गर्न जिम्मवारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस



