Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नगरवासिको समस्या बुझ्न मेयर सिंह टोलटोलमा पुगे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २५,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५ मंसिर ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरका विभिन्न टोलमा पुगेर नगरवासीसँग सुझाव लिन थालेका छन् ।
नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका सिंहले नगरको विकासमा नगरवासीको प्रत्यक्ष सहभागिता गराउन उनीहरुका सुझाव संकलन गर्न सुरु गरेका हुन् ।
मेयर सिंहले शनिबार विहान वडा नम्वर १ बजार छपकैयाँको नयाँ टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिएका छन् ।
मेयर सिंहसहित पुगेको टोलीलाई स्थानीयले फुलमाला लगाएर स्वागत गर्दै आफ्नो टोलमा बाटो, नाला र विद्युतीय तारको व्यवस्था मिलाइदिन आग्रह गरे ।
स्थानीयको समस्या सुन्दै मेयर सिंहले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको भन्दै अगाडि आएका समस्या समाधानका लागि तत्काल काम अघि बढाइने बताए ।
कर्मचारीसहित लिएर पुगेका मेयर सिंहले नयकाटोलाको सडक र नाला निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर काम अघि बढाउन निर्देशन दिए ।
सँगै रहेका वडा सदस्य दिपेन्द्र राउतले विद्युतीय तारका लागि प्राधिकरणसँगको समन्वयमा तत्काल समस्या समाधान गर्ने गरी काम गर्ने स्थानीयलाई प्रतिबद्धता दिलाए ।
नयकाटोलाबाट निस्केका मेयर सिंहले वडा नम्वर २४ रामगढवामा पुगेर त्यहाँ निर्माण भइरहेको सडक ढलानको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए ।
ढलानमा प्रयोग भइरहेको छड तथा सिमेन्ट बालुवाको मिश्रण परीक्षणका लागि कर्मचारीलाई निर्देशन दिँदै सडक ढलानको ठेक्का लिएका ठेकेदारलाई पनि मापदण्ड अनुरुप निर्माण गर्न निर्देशन दिए ।
त्यस लगत्तै रामगढवाका स्थानीयसँग भेट गर्दै उनले त्यहाँको विकासका लागि गर्नु पर्ने कामको सुझाव मागेका थिए ।
स्थानीयले तिलाबे नदीका कारण वर्षायाममा आफ्नो टोल डुबानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको उपलब्ध गराउन नाला र सडक निर्माण गरिदिन आग्रह गरे ।
त्यहाँबाट वडा नम्वर २१ परवानीपुर पुगेका सिंहले धम्म तराई विपश्यना केन्द्र अगाडी रहेको पार्ककको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिए ।
शनिबार नै मेयर सिंहसहितको टोली वडा नम्वर २७ रामपुर जसौली पुग्यो । तिलाबे नहर वारी नै गाडी रोकेर साँघुरो कल्भर्ट हुँदै पुगेको टोलीलाई त्यहाँका स्थानीयले पुल नहुँदा आफूहरुले समस्या भोगि रहेको भन्दै नहरमा सवारी आउजाउ गर्न मिल्ने पुल बनाइदिन आग्रह गरे ।
मेयर सिंहले आफूहरु त्यसैको लागि आएको भन्दै सँगै रहेका इन्जिनियर भरत बहादुर थापालाई नापजाँच गरेर इस्टिमेट तयार पार्न निर्देशन दिए ।
रामपुर जसौलीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक स्तरोन्नतिका साथै शैक्षिक अवस्था सुधारका लागि आवश्यक व्यवस्था मिलाउने पनि मेयर सिंहले प्रतिबद्धता जनाए ।
त्यहाँबाट वडा नम्वर २२ जगरनाथपुर फर्केको टोलीले त्यहाँ स्थानीयसँग छलफल गर्दै स्थानीय स्तरमा रहेका समस्याको जानकारी लियो ।
विभिन्न वडामा चालु रहेका योजनाको अनुगमन, गर्नु पर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि मेयर सिंह कर्मचारीसहित टोलटोलमा पुग्न लागेका हुन् ।
मेयर सिंहले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, योजना शाखाका राजेश चौरसिया, इन्जिनियर भरत बहादुर थापा लगायतको टोली लिएर टोल टोल पुगेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद