Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिनुभएको छ ।

महोत्तरी–३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी–२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो ।

त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित हुनुभएको छ । यसमा महोत्तरी–१९१० र ९२० बाट क्रमशः नेकपा ९एमाले० नेतृ शारदा थापा र नेकपा ९माओवादी केन्द्र०का भरतप्रसाद साह हुनुहुन्छ । यसरी नै महोत्तरी–२ ९१० र ९२० बाट जयनुल राइन र सुरिता साह निर्वाचित हुनुभएको छ । उहाँहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बन्नुभएको हो ।

जिल्लाको महोत्तरी–३९१० र ९२० बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बन्नुभएको छ । उहाँहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । यसरी नै महोत्तरी–४ ९२० का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो ।

महोत्तरीे–१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित हुनुभएको छ भने महोत्तरी–४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ महोत्तरी–४ ९१० बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुनुहुन्छ । विसं २०७४ मा महोत्तरी–४ ९२० प्रदेशसभा क्षेत्रमा पराजित हुनुभएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४९१० बाट निर्वाचित हुनुभएको हो ।

महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी–४९१० बाट कौशलकुमार रायले निर्वाचनमा पराजित हुनुभएको छ ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्साका युवाहरूले खेलकुद तथा युवा नीतिमा चासो — मन्त्रीसँग व्यापक छलफल, सकारात्मक संकेत
मुख्य समाचार

पर्साका युवाहरूले खेलकुद तथा युवा नीतिमा चासो — मन्त्रीसँग व्यापक छलफल, सकारात्मक संकेत

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
मोबिल उद्योगका लेखापालमाथि सिर्सिया नदी प्रदूषण गरेको आरोपमा दुर्व्यवहार
मुख्य समाचार

मोबिल उद्योगका लेखापालमाथि सिर्सिया नदी प्रदूषण गरेको आरोपमा दुर्व्यवहार

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद