Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चुनाव जितेका रिजाललाई समर्थकले खुशीयालीमा चाँदीको मुकुट पहिर्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ११,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,११ मंसिर – पर्सामा चुनाव जितेका नेताहरुलाई समर्थकले खुशीयालीमा चाँदीको मुकुट पहिर्याएर बधाई र सम्मान गर्ने प्रचलन यसपालि पनि देखिएको छ ।

पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न आइतबार साँझ धोबिनि गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाई धोबिनी गाँउपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीको मुकुट पहिर्याएर बधाई दिनुका साथै सम्मान गरेको काँग्रेसका क्षेत्रीय सचिव बिलष्टर अहमदले बताए । गाँउपालिका उपाध्यक्ष मन्जु देवी काँग्रेस नेतृ पनि हुन् ।

यसअघि पर्सामै गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहलाई पनि सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाई दिएका थिए ।

त्यसअघि २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा उनका समर्थकले चाँदीको मुकुट लगाइ दिएर बधाई दिदै सम्मान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद