Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र १ र २को प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्यको एकै पटक मतगणना शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ५,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउसो देखि शुरु भएको छ ।वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुवै क्षेत्रको प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्यको एकै पटक मतगणना दिउँसो १.३० बजे देखि शुरु गरिउको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी गराए ।

क्याम्पसको मतगणना स्थलमा पर्सा १ र २ को गरि ६ वटा कोठामा मतगणना शुरु गरिएको उनले बताए ।पर्सा ३ र ४ को मतगणना पनि केहि बेर मै शुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए । पर्सा ३ र ४ को मतगणनास्थल पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा तोकिएको छ ।

पोखरेलका अनुसार , पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६९ प्रतिशत मतदान भएको थियो ।
पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ मंसिर ५,सोमबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ मंसिर ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद