Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेदवारी दिएका साहले गरे द्विवेदीलाई समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २९,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २९ कात्तिक ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लक्कीचन साहले मंगरबार एक भव्य कार्यक्रमका बीच क्षेत्र नं. १ बाटै अर्का स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीलाई समर्थन गरेका छन् ।
स्वतन्त्र उम्मेदवार साहको चुनाव चिन्ह चापा कल छाप लिएर चुनावी प्रचार प्रसार गरिरहेपनि उनले आज माछा छापका उम्मेदवार द्विवेदीलाई समर्थन गरेका हुन् ।
वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी निवासी स्वतन्त्र उम्मेदवार साहले द्विवेदी विकास प्रेमी, स्वच्छ छविका नेता भएकोले उनलाई समर्थन गरेको बताए ।
पर्सा क्षेत्र नं. १ बाटै पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव पनि जसपा एमाले गठबन्धनबाट चुनाव लडेका छन् । पूर्व मन्त्री यादवकै गाउँबाट स्वतन्त्र उम्मेदवारी दिएका साहले यादव चुनाव जिती मन्त्री बने पनि उनले गाउँको लागि केही नगरेकोले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन जनाएको बताए ।
पूर्व मन्त्री यादव पाँच वर्षको आफ्नो कार्यकालमा आफ्नो गाउँ, क्षेत्रमा विकास गर्नुको सट्टा हैकमवादी चलाएकोले बाध्य भएर आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउदै साहले अब कुनै पनि दललाई भोट दिनुभन्दा स्वतन्त्र नै ठिक लागेकोले समर्थन जनाएको बताए ।
मनियारी मै एक भव्य कार्यक्रमका बीच उम्मेदवार साहको नेतृत्वमा सयौं जनाले उम्मेदवार द्विवेदीलार्ई टिका, माला लगाएर जितको अग्रिम शुभकामना दिएका थिए ।
सो अवसरमा साहले जनाएको समर्थन प्रति स्वतन्त्र उम्मेदवार द्विवेदी धन्यबाद दिदै आफु निर्वाचित भए पछि यो गाउँ, क्षेत्रका सम्पूर्ण जनताको दुःख, सुखमा काधमा काध मिलाएर अगाडि बढने बताए । चुनावका बेला दलका नेताहरुले विभिन्न प्रलोभन दिएर भोट लिन्छन् तर जितेर गएपछि जनताको वास्ता नगरी कुर्सीमै रमाउने गरेकोले अब त्यस्ता नेताहरुलाई तह लगाउने समय आएको बताए ।
स्वतन्त्र उम्मेदवार साहले जनता सँग गरेका हरेक प्रतिबद्धताहरु अब आफ्नो पनि प्रतिबद्धता भएकोले जनताको आसा र विश्वास अलिकति पनि गुम्न नदिने बताउदै द्विवेदीले आफ्नो चुनाव चिन्ह माछा छापमा मतदान गर्न सम्पूर्णमा आग्रह गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २९,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद