Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लोसपा निकट युवा सङ्गठनका जिल्ला संयोजकसहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २७ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा सङ्गठनका जिल्ला इन्चार्जसहित ठूलो युवाको समूहले जनता समाजवादी पार्टी प्रवेश गरेको छ ।

युवा सङ्गठनका जिल्ला संयोजक रवी सर्राफसहितको समूहले आइतबार जसपा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई पूर्वमन्त्री प्रदीप यादवले फुलमाला लगाएर पार्टीमा भित्र्याएका छन् ।

पार्टी प्रवेश गर्दै सर्राफले देश र जनताको हितका लागि काम गर्ने एक मात्र पार्टी जसपा भएको बताउँदै आफूहरुले दल परिवर्तन गरेको बताए । जसपाले युवाहरुको उचित मूल्याङ्कन गर्दै अगाडि बढाउने भएकोले आफ्नो रोजाईमा जसपा परेको सर्राफको भनाई छ ।

जसपाले युवा नेता प्रदीप यादव जस्ता व्यक्तिलाई मन्त्री बनाएर सम्पूर्ण युवा वर्गको सम्मान गरेकोले जसपा प्रति युवाहरुको आकर्षण बढ्दै गएको सर्राफले बताए । ‘जसपा अन्य पार्टीभन्दा फरक ढङ्गले काम गर्छ । यहाँ युवाहरुको सम्मान हुन्छ,’ सर्राफले भने, ‘युवा उमेरका प्रदीप यादवलाई सङ्घीय मन्त्री बनाएर जसपाले यो कुरा प्रमाणित गरेको छ ।’

सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवलाई आफ्नो पूर्ण समर्थन रहेको बताए । ‘पार्टीमा नहुँदा पनि पूर्वमन्त्री प्रदीप यादवको कामबाट म प्रभावित थिए । उहाँले पर्सा जिल्ला र समग्र मधेशको लागि निरन्तर आवाज उठाएर यहाँको विकासका कुनै कसर बाँकी राख्नु भएको छैन । आज उहाँको हातबाट पार्टी प्रवेश गर्न पाउँदा म निकै उत्साहित छु । आगामी निर्वाचनमा हाम्रो पूर्ण समर्थन उहाँलाई नै हुनेछ,’ सर्राफले थपे ।

पार्टी प्रवेश गराउँदै जसपाको राजनीतिक समितिका सदस्यसमेत रहेका यादवले पनि युवाहरुले जसपा प्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताए । यादवले पछिल्लो समय युवाहरुको प्रथम रोजाईमा पर्दै गएको बताउँदै नवप्रवेशी युवाहरुलाई पार्टीले उचित स्थान दिँदै उनीहरुको मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०७९ कार्तिक २७,आईतवार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०७९ कार्तिक २७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद