Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको विकास र पर्सावासीको समृद्धि मेरो प्रमुख अजेण्डा हो : प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २३ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफनो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै जसपा–एमाले गठबन्नधका उम्मेदवार यादवले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जादा तपाइले मात्रै होइन तपाइका सन्तति पनि दु:ख पाउँछन्, त्यसका कारण सहि उम्मेदवारलाई चुन्नु होला ।’

उनी आफु जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै भने, ‘प्रदीप यादवको जित जसपा र एमाले दुवैको जित हो , प्रदेशसभा सदस्यमा विचारी यादवको जित पनि दुवै पार्टीका कार्यकर्ताको जित हो ।’

पर्सा-१ मा यसअघि चुनाव जितेर सांसद् बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै यादवले भने, ‘२०७४ को चुनावमा तपाइ जनताकै आशीवार्दले मैले चुनाव जिते, तपाईको जनप्रतिनिधी प्रदीप यादवले जनताको शीर कहिल्यै पनि झुक्न दिएन र आगमी दिनमा पनि झुक्न दिने छैन ।’

तर २०७४ भन्दा पहिले यस क्षेत्रमा जितेका सांसदहरुले के गरे ? सांसदको पाँच वर्षे कार्यकाल कसरी बिताए ? यो सब जनतालाई थाहा नै भएको उनले बताए । यादवले भने, ‘यो क्षेत्रबाट जितेका नेता प्रधानमन्त्री पनि भए, तर उनले के गरे ? एक टिप ग्राभेल पनि यो क्षेत्रको सडकमा खसाएनन्, जितेर गएपछि यो क्षेत्र त के पर्सा जिल्लामै एकपटक पनि फर्किएर आएनन् ।’

यसअघि २०६४ मा सांसदमा जितेका अजय द्धिवेदी अहिले फेरि चुनाव लडेको र जनताका माझ भोट माग्न आइरहेको भन्दै यादवले भने, ‘अजय जी अहिले जनताका माझ भोट माग्न आइरहनु भएको छ, अब जनताले अजय जीलाई सोध्नु होला सांसद् जितेका बेला यो क्षेत्रमा पाँच वर्षमा के गर्नुभयो ?’

काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका द्धिवेदीले आफूलाई काँग्रेसले अन्याय र विभेद गरेको भन्दा अचम्म लाग्ने गरेको यादवले बताए । यादवले भने, ‘हुन त यो काँग्रेसको आन्तरिक मामीला हो, तर द्धिवेदीले भ्रम छर्दै हिडेपछि मैले पनि केहि बोल्नु पर्छ नै । बहुदल पछिका चार चुनावमा काँग्रेसले द्धिवेदीलाई विभिन्न पदमा टिकट दिएर चुनाव लडायो, २०५१ मा उपमेयर बने, २०६४ मा सांसद् बने, २०७० मा सांसद्को टिकट पाएर हारे, २०७४ मा मेयरको टिकट पाएर हारे, अब तपाई नै भन्नुस् उनि कसरी विभेदमा परे ? यसको जवाफ हुन त काँग्रेस नेता कार्यकर्ताले दिने नै छन् ।

द्धिवेदी सांसदमा जित्दा आफनो क्षेत्रमा सडक बनाउने नाममा माटो र ग्राभेल छरेर झारा टार्ने काम मात्रै भएको यादवले बताए । यादवले भने, ‘तर मैले पाँच वर्षको कार्यकालमा द्धिवेदीको जस्तो माटो र ग्राभेल छरेर बजेट पचाउने काम कहिँ गरेको छैन, मैले जहाँजहाँ सडक र नाला बनाएको छु, ती सबै पक्की छन्, कालोपत्रे गरिएका छन्, मेरो कार्यकालमा बनेका सडक र नाला कम्तिमा ५० वर्ष टिक्नेछन्, मैले हरेक वडामा विकास गरेको छु ।’

तीन महिनाका लागि मात्रै मन्त्री बन्दा आफुले ५० वटा भन्दा बढि निर्णयहरु गरेको भन्दै यादवले भने, ‘मन्त्री बने लगत्तै पहिलो निर्णय वीरगञ्जमा चिडियाखाना स्थापनाको थियो, जुन चिडियाखानाको महत्व अहिले होइन २ वर्ष पछि बनेपछि मात्रै थाहा हुनेछ, यसैका कारण वीरगञ्जमा आन्तरिक मात्रै नभइ विदेशी पर्यटकहरुको ओइरो लाग्नेछ ।’

चुनावी सभालाई पर्सा १ (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि सम्बोधन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद