Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काँग्रेसका दुवै उम्मेदवार बसडिल्वामा अबिर टिका र फुलमाला लगाउदै स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२३ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मा नेपाली काँग्रेसका उम्म्ेदवारहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।बसडिल्वामा चुनावी घरदैलोका क्रममा बुधबार बिहान पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा उम्मेदवार श्याम पटेललाई स्थानीय युवा , महिला , बृद्धबृद्धाले अबिर टिका र फुलमाला लगाउदै स्वागत गरेका हुन् ।

त्यसअवसरमा विभिन्न दलमा आबद्ध दुइ दर्जन भन्दा बढि युवाहरु काँग्रेसमा प्रवेश पनि गरेका छन् ।दुवै उम्मेदवारलाई स्वागत गर्दै स्थानीय मतदाताले काँग्रेसका दुवै उम्मेदवार विकास प्रेमी छवि भएका नेता भएका कारण यसपालि काँग्रेसका यीनै उम्मेदवारलाई मत दिएर जिताउने घोषणा पनि गरे ।

मतदाताको स्वागत ग्रहण गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले जनताबाट पाइरहेको स्वागत र समर्थनले आफुहरुमा थप उर्जा मिलिरहेको भन्दै जनताको भरोसालाई कदापि टुट्न नदिने वाचा गरे ।लोकतन्त्र र संविधानको रक्षा गर्ने एक मात्र दल काँग्रेस नै रहेको भन्दै उनले जातपात र समुदायको राजनीति गर्ने एमाले र जसपाको चरीत्र जनताले बुझिसकेकाले अबको निर्वाचनबाट उनिहरुले गतिलो जवाफ पाउने बताए ।मधेस र देशको समृद्धि पाँच दलीग गठबन्धनबाटै सम्भव भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले मतदाताहरुलाई आग्रह पनि गरे ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , क्षेत्रीय सभापति महम्मद शाहब्द्धिन , क्षेत्रीय सचिव रन्जित पटेल , जिल्ला कार्य समिति सदस्यका साथै माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद