Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अचार सहिताको उल्लंघन वडा अध्यक्षले नै गरे, होला त कारवाही ?

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, २३ कात्तिक / प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन नजिक्दै जादा स्थानीय जनप्रतिनिधिहरु नै अचार सहिताको उल्लंघन गरेको पाइन्छ । वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसियाले निर्वाचनको समयमा उम्मेदवारहरु संगै घरदैलोमा सहभागि भई मतदान माग्ने गरेको पाइएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट उम्मेदवारी दिनु भएका महम्द लालबाबु गदीको घरदैलो कार्यक्रममा बुधवार बिहान वडा नम्बर ११ श्रीपुरमा वडा अध्यक्ष चौरसिया सहभागि भई मतदान मांग्दै गरेको अवस्थामा देखा परेका थिए । मुख्यमन्त्री गदीको प्रिय पात्रको रुपमा मानिने अजय चौरसिया बिभिन्न समयमा ठेक्का पट्टाको नाममा लाखौ रकम आर्जन गर्न सफल भएका छन । जसका कारण निर्वाचनको समयमा पनि आफ्नो पदको मर्यादा नै नराखी गदीको पक्षमा मत माग्दै हिडेको स्थानीय बताउछन ।
जनताको मतले निर्वाचित हुने स्थानीय जनप्रतिनिधिले नै यस्तो गैर कानुनी तरिकाले खुल्याम मत माग्नुको साथै घरदैलोमा सहभागि हुदै आएको भएपनि निर्वाचन आयोगको यसतर्फ ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । निर्वाचन आयोगले गरेको आदेशलाई धज्जि उडाउदै वडा अध्यक्ष अजय चौरसियाले मतदान मागिरहेको गुनासो स्थानीयहरु नै पोख्न थालेका छन ।
स्थानीयहरुका अनुसार आफ्नो पद र पावरको गलत दुरुपयोग वडा अध्यक्षले गरेको भन्दै बिरोध नै जनाएका छन । स्थानीयहरुले गलत कृयाकलाप गर्ने, जनताको मर्म बुझन नसक्ने लालबाबु राउत गदीको पक्षमा वडा अध्यक्ष अजय चौरसियाले मतदान मांगेको देख्दा अगामी दिनमा पनि भ्रष्टाचारमा स्थानीय जनप्रतिनिधि लिप्त हुने हुन की ? भन्दै दुखेसो पोखेका छन ।
यता निर्वाचन आयोगका अनुगमन अधिकृत रुद्र बहादुर कार्कीका अनुसार स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्र लगायत महानगर भित्र मत मांग्न नमिल्ने बताएका छन । यस बिषयमा उहाले जिल्ला निर्वाचन कार्यालय अथवा निर्वाचन आयोगको कार्यालयमा उजुर दिदा कारवाही प्रकृया अगाडी बढाइने बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद