Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विन्ध्यवासिनीमा स्वतन्त्र उम्मेद्वार सिंहकाे घरदैलाे, मतदाताले गरे भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले बुधबार विन्ध्यवासिनीमा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १९ मा रहेको विन्ध्यवासिनी मन्दिरबाट घरदैलो अभियान सुरु भएको हो ।
स्थानीय मतदाताले विगतमा परिक्षण भइसकेकाहरुबाट आफूहरुको क्षेत्र विकास हुन नसकेको भन्दै अब स्वतन्त्रलाई मतदान गरेर विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले फुलमाला लगाएर स्वागत गर्दै आफ्ना समस्याहरु पनि सुनाएका थिए । जवाफमा सिंहले आफूले यस क्षेत्रको विकास र यहाँका नागरिकको जनजीविकाका लागि दृढ संकल्प लिएर हिँडेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर लागि पर्ने बताए ।
अहिले देशले नै परिवर्तन खोजिरहेको भन्दै उनले त्यसका लागि स्वतन्त्र उम्मेद्वारलाई जिताएर पठाउनु आवश्यक रहेको बताए ।
घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद