Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर १ का मतदाता भन्छन् – “प्रदीपले गरेका काम नै उनको जित्ने आधार हुन्”

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २१ कार्तिक । मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएसँगै उम्मेदवारहरुको चुनावी अभियानमा व्यस्तता बढेको छ ।

नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जनताको घरदैलोमा पुगीरहेका छन् । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई यतिबेला जनता भेटघाटसँगै विभिन्न चुनावी कार्यक्रमहरुमा पनि पुग्ने चटारोले भ्याईनभ्याई छ ।

सोमवार बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका यादवले साँझ पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का मतदातासँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा वडा नम्बर २२ मा पुगेका यादवलाई त्याहाँका स्थानीयले स्वागत गर्दै जितका लागि शुभेच्छासमेत व्यक्त गरेका थिए ।

जसपा र नेकपा एमालेको गठबन्धनका साझा उम्मेदवार यादवको कसैसँग प्रतिस्पर्धा नै नभएको बताउँदै त्याहाँका मतदाताले यादवको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् ।

जनताको शुभकामना र आशिर्वाद ग्रहण गर्दै यादवले भने, “तपाईहरुको साथ र समर्थनकै कारण म निरन्तर जनताको सेवामा छु । यस्तै साथ र सहयोग सँधै पाइरहने विश्वास छ । अब मंसिर ४ गते हुने निर्वाचनमा जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन पनि आग्रह गर्दछु ।”

जसपा र एमालेको गठबन्धनले जिते मात्र देश समृद्ध बन्ने दावी गर्दै यादवले जनताको माझमा रहने र विकास चाहने नेतालाई चुन्न अनुरोध गरेका छन् ।

सो अवसरमा यादवको पक्षमा जनताले समर्थन जनाउँदै उनको कामले नै उनलाई जिताउने प्रतिक्रिया दिएका थिए । यसअघि सांसद हुँदै छोटो समयका लागि मन्त्री बन्दासम्म उनले यस क्षेत्रका लागि गरेका काम नै उनले जित्ने बलिया आधार भएको मतदाताको भनाई थियो ।

घरदैलोमा जसपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ (क) का उम्मेदवार विचारी प्रसाद यादवसहित जसपा र एमालेका नेता, कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद