Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पिपरामा जसपा एमालेको संयुक्त घरदैलो,प्रदिप र बिचारीको पक्षमा जनलहर बढदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, कार्तिक २१
जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज बिहान वीरगंज १४ पिपरा टोलमा सम्पन्न भएको छ । घरदैलोमा प्रतिनिधि सभाका उम्मेदवार प्रदिप यादव र प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले छाता र सुर्यमा मतदान गर्न आग्रह गरेका थिए । घरदैलोमा भेटघाट गर्दै उम्मेदवारद्वव प्रदिय यादव र बिचारी यादवले पर्सा जिल्लालाई नमुना जिल्ला बनाउन तथा बिकाश ,सुशासन र भ्रष्टाचार अन्त्यका लागि आफुहरुलाई बिजयी गराउन आग्रह गरेका थिए । बिचारी र प्रदिप यादवको तुलनामा अन्य उम्मेदवार नभएको भन्दै मतदाताले पुनः प्रदिप र बिचारी यादवलाई बिजयी गराउने प्रतिवद्धता जनाएका थिए । दुवै नेता बिकाश प्रेमी भएकोले दुवैको जित सुनिश्चित रहेको भन्दै मतदाताले यादवद्ववलाई आर्शिवाद समेत दिएका थिए । घरदैलोमा एमालेका पर्सा ईन्र्चाज प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा,सल्लाहकार विश्वम्भर शर्मा, पुर्व मेयर बिजय सरावगी,पुर्व वडा अध्यक्ष भरत कुर्मी, एमालेका युवा नेता शिवजि गुप्ता, ओमप्रकाश गुप्ता, अकलेश साह,श्याम रौनियार,जसपाका युवा नेता ईश्वर यादव, कुन्दन कुर्मी लगायत हजरौंको उपस्थिती थियो । घरदैलो कार्यक्रममा नेताहरु जसपा एमाले गठबन्धन जिन्दावाद, छाता सुर्या जिन्दावाद लगातका नारा लगाएका थिए । घरदैलो ठुलो पिपरा गाँउ परिक्रमा गरि मेनरोड स्थित पिपरा चौकमा आएर समापन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद