Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

किसान श्रेष्ठ अहिले मात्रै होईन, पहिल्यैदेखि मधेसी जनताको साथमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ४ कार्तिक । एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान० मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएको छ । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ मा उहाँको उम्मेदवारीमा केहीले टुरिष्ट उम्मेदवार भनेर टिप्पणी गर्ने गरेका छन् ।

पछिल्लो नेपाली राजनीति वृत्तमा किसान श्रेष्ठ चीरपरिचित नाम हो । उहाँ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई २०७४ सालको निर्वाचनमा पराजित गरेपछि संसदको यात्रा शुरु गर्नु भन्दा अघिदेखि नै मधेसको माटोमा परिचित व्यक्ति हुनुहुन्छ । घरजग्गा कारोबारदेखि कृषि उद्यममा उहाँले बारा जिल्ला मै लगानी गर्नुभएको छ ।

श्रेष्ठले जीतपुर सिमरामा नेपाल मै पहिलो पटक मेवाखेतीको शुरुवात गरेर कृषि क्रान्तिको शुरुवात गर्नुभएको छ । व्यावसायमा सफलता प्राप्त गर्नुभएका श्रेष्ठले राजनीतिमा पनि ठूलै छलाङ्ग मार्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित निवर्तमान सांसद श्रेष्ठ संसदमा प्रतिनिधिसभा अन्तर्गतको उपभोत्ता हितसम्बन्धी उपसमितिको संयोजक बन्नुभयो ।

त्यसपछि उहाँकै नेतृत्वमा पर्साका तीनवटा उद्योगको अनुगमन गरेको छ । उपसमितिले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ र वडा नम्बर २७ मा रहेको मासु प्रशोधन गर्ने एक उद्योग र जनावरको हड्डी प्रशोधन गर्ने दुईवटा उद्योगको अनुगमन गरेको हो । ती उद्योग सञ्चालनमा आएपछि त्यहाँबाट निस्किने मासु र हड्डीको गन्धले वातावरणीय प्रदूषण भएर स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको उजुरीपछि संसदीय समितिको उपसमितिले अनुगमन निरीक्षण गरेको हो ।

उपसमितिका संयोजक एवम् नेकपाका सांसद कृष्णकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहा र वडा नम्बर २७ उदयपुरघुर्मीमा रहेको बोन मिल्स प्रालि, मास प्लाण्ट प्रालि, मध्यमाञ्चल बोन मिल प्रालि र हिरो बफ मिट सप्लायर्स उद्योगमा स्थलगत अनुगमन गरेर स्थानीयसँग पनि छलफल गरेको थियो ।

उपसमितिको संयोजको हैसियतले उहाँको दायित्वलाई औपचारिकतामा मात्रै सीमित राख्नुभएन । उहाँले स्थानीय जनताको समेत गुनासोहरु सुनेर समाधानको लागि पहल गर्न नागरिकस्तरमा नै छलफल समेत गर्नुभयो । त्यसैले पनि कृष्ण कुमार श्रेष्ठ ९किसान० टुरिष्ट उम्मेदवार नभई सबै क्षेत्रका जनताको उत्तिकै सम्मान र सदभाव राख्ने नेताको रुपमा पहिचान बोकेको नेता हुनुहुन्छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुईदुई पटक संसद विघटन गरेपछि माधव नेपालको साथमा संविधान रक्षाको लागि सतिसाल जस्तै उभिनु भयो । मन्त्री पदको लागि माधव नेपालतिर आएको भनेर धेरै टिकाटिप्पणी गरेपनि उहाँले जनताको सर्वोच्च संस्था संसदमा जनताले जिताएर पठाएकोले जनमतलाई अपमान गर्नु हुदैन भनेर ओलीले गरेको संसद विघटनको विपक्षमा आफूलाई उभ्याउनुभयो ।

संसद पुर्नस्थापनापछि उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएपछि श्रम गन्तव्य मुलुकहरुसँग वाता र समन्वय गरेर नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि सहज व्यावस्था मिलाउने काम गर्नुभयो । राजनीतिमा आउनुभन्दा अघिदेखि नै मधेसको माटोमा उहाँको लगानी र मधेसी जनतासँगको पहिलेदेखिकै सामिप्यता र सानिध्यले कृष्ण कुमार श्रेष्ठ किसान बाराको क्षेत्र नम्बर ४ को लागि टुरिष्ट उम्मेदवार नभई योग्य र कर्मठ उम्मेदवार नै हुन् भन्ने बाराको क्षेत्र नम्बर ४ का मतदाताले बुझेका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरु मध्य सबैभन्दा उत्कृष्ट उम्मेदवारहरुको सेट पनि बारा क्षेत्र नम्बर ४ मै देखिन्छ । जनयुद्धकालदेखि नै इमानले राजनीति गर्नुभएका नेकपा माओवादी केन्द्रका बारा अध्यक्ष एवं बाराको प्रदेशसभा ९क० का उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ ९अनिल० र मधेस आन्दोलनबाट स्थापित नेता एवं लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश कमिटिका अध्यक्ष र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९ख० का उम्मेदवार जितेन्द्र सोनल सहितको समिकरण बलियो देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद