Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेता त्रिपाठीलाई मतदाताको प्रश्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदेयश त्रिपाठीले कोरोनाको भ्याक्सिन खरिद गर्दाको कमिसन काण्डका बारेमा अहिले मतदाताको सामना गर्नु परेको छ । चुनावी अभियानमा रहेका त्रिपाठीलाई टोलटोलमा जादा यहाका मतदाताले यहि प्रश्न तेस्र्याएका छन् ।
कोरोना महामारीका समयमा त्रिपाठी स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए । कोरोनाले देशभरका नागरिक आहत भईरहदा देशभरबाट शिघ्र खोप व्यवस्थापनका लागि सरकारमाथि दवाव परेको थियो । सरकारले खोप आयातका लागि कोभिसिल्डसँग सम्झौता गरेपछि पहिलो चरणको खोप आयात भएको थियो । तर, दोस्रो चरणको खोप आयात अवरुद्ध गरेर त्रिपाठीले कसिमन काण्ड घटाएका थिए । जुन समाचार त्यतिबेलै कान्तिपुर लगायत देशका प्रमुख समाचार माध्यममा प्रमुखताकासाथ प्रकाशित भएको थियो ।
के पी ओली नेतृत्वको एमाले सरकारको स्वास्थ्य मन्त्री बनेका त्रिपाठीले खोप खरिद गर्दा बालुवाटारबाटै डिल भएको भन्दै कमिसनको खेलमा प्रधानमन्त्री नै संलग्न रहेकाले आरोप लगाएका थिए । पहिलो डोज खोप लगाएका करिब २ लाख नागरिकलाई अनिवार्य लगाउनुपर्ने दोस्रो डोज खोप लगाउन बन्चित गरेर मन्त्री त्रिपाठी कमिसनको खेलमा रहेको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो ।
कोभिसिल्डको दोस्रो डोज खोप आयात गर्दा तत्कालिन प्रधानमन्त्री ओलीले आफु निकटका ब्यापारी सुरज बैद्यलाई कमिसन एजेण्ट बनाएर करौडौ रुपैयाँको घोटाला गर्न लागिएको आरोप पनि त्रिपाठीले लगाएका थिए । गत निर्वाचनमा एमालेबाटै चुानाव जितेका त्रिपाठीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीमाथि आरोप लगाएपछि एमालेले उनलाई वेवास्ता गर्न थालेको थियो । एमालेमा कुनै हैसियत नहरने अवस्था आएपछि त्रिपाठीले जनता प्रगतिशिल पार्टी खोलेका थिए ।
नवलपसारीको प्रतापपुरमा घरदैलो गर्दै हिडेका त्रिपाठीलाई स्थानीय श्याम पाण्डेले आफ्नी बृद्ध आमाले कोभिसिल्डको दोस्रो डोज खोप लगाउन नपाएको त्यसको कारण त्रिपाठीको कमिसन मोह रहेको भन्दै आक्रोश पोखे । स्वास्थ्य मन्त्री रहेका बेलामा समेत यहाँका जनतालाई खोप लगाउने व्यवस्था मिलाउन आवस्यक ठान्नु भएन । यस्तो गैर जिम्मेवार व्यक्तिलाई फेरी चुनाव जिताउनुको के अर्थ रहन्छ ? पाण्डेले भने ।
बर्दघाट नगरपालिकाका चुनावी भेटघाटमा पनि त्रिपाठीले मतदाताको यहि प्रश्नको सामना गर्नु परेको छ । बर्दघाट नगरपालिका २ का विशाल पौडेलले प्रश्न गरे– तपाईँले कोरोनाको समयमा हामीलाई खोपको समेत व्यवस्था गर्न आवस्यक ठान्नु भएन । उल्टो कमिसन नपाएका कारण खोप आयात रोकिएको समाचार राष्टिय दैनिकहरुमा पढ्नुपर्दा हाम्रो शिर निहुरिएको छ । हाम्रो भोटलाई तपाईँले कमिसन सँग साट्दै आउनु भएको छ ।
कमिशन काण्डमा प्रधानमन्त्रीलाई नै मुछ्ने प्रयास गरेपछि ओलीले त्रिपाठीलाई स्वास्थ्य मन्त्रीबाट हटाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद