Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रिजाल र चौधरी दुवै उम्मेदवार , जनताको माझमा रहेर राजनीति गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको समर्थन गर्दै मतदताहरु आफै चुनावी प्रचार प्रसारमा उत्रिएका छन् ।

शनिबार बिहान चुनावी घरदैलोका क्रममा जगरनाथपुर गाँउपालिका वडा नम्बर १ को बिसुनपूर्वा , पिपडारी , पिडारी र पाण्डेपुरमा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी पुगेका थिए ।

गाँउमा मत माग्न आएका काँग्रेसका दुवै उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए । रिजाल र चौधरी दुवै उम्मेदवार , जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिदै आएकाहरु भएकाले यसपालि आफुहरु काँग्रेसको पक्षमा लागेको मतदाताहरुको भनाइ थियो ।

त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले मतदाताहरुबाट पाइरहेको स्वागत र आशीर्वादले नै आफुहरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिए । पन्चायतकाल देखि नै आफु राजनीति मार्फत जनताको सेवामा समर्पित रहदै आएको स्मरण गराउदै रिजालले भने ,‘ जनताले नेतालाई चुन्छन् , न कि तस्कर , वनमाफिया र अपराधीलाई ।

अहिले चुनावका बेला राजनीतिक चरित्र नै नभएकाहरु जनतालाई प्रलोभन दिदै हिडे पनि सचेत भइसकेका जनताले उनिहरुलाई ब्यालेट मार्फत बहिष्कार गर्नेमा आफु ढुक्क रहेको पनि रिजालले बताए ।काँग्रेस केन्दिद्रय सदस्य समेत रहेका रिजालले लोकतान्त्रिक–बाम गठबन्धनले जिते मात्रै लोकतन्त्र र संविधान सुरक्षित रहने भएकाले यसलाई ख्याल राखेर मत दिन मतदाताहरुसंग आग्रह पनि गरे ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद