Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मतदातालाई चौरसिया सहित पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १९ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।
मत माग्न घरदैलोमा पुगि रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया तथा प्रदेशसभा सदस्यका उम्मेदवारद्वय श्याम पटेल र रमेश कुर्मीलाई मतदाताहरुले आफै स्वागत गर्दै यसपालि गठबन्धनलाई नै मत दिने पनि बताएका छन् ।
यसै क्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीमा घरदैलो गर्दै पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार कुर्मीलाई मतदाताहरुले समर्थन गर्दै अबीर टिका लगाएर स्वागत पनि गरेका छन् ।
अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएका भएकाले चौरसिया र कुर्मीलाई यसपालि आफुहरुले जिताउने बहुअरीका मतदाताहरुको भनाई थियो । मतदातासंग भेट्दै काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले जनताको पीर मर्का बुझने नेतालाई नै चुन्न आग्रह गरे । उनले विगतमा आफु सांसद र मन्त्री बन्दाका बेला जनभावना अनुसार नै काम गरेको स्मरण गराउदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे ।
यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार कुर्मीले पनि विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाए ।
शनिबार बिहानको घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र लोसपाका दुवै दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद