Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मतदातामाझ लाेकप्रिय बन्दै स्वतन्त्र उम्मेद्वार सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह प्रति मतदाताको आकर्षण बढ्दै गएको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सिंह मतदातामाझ लोकप्रिय बन्दै गएका हुन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै सिंहले चुनावी अभियानलाई पनि तिव्रता दिएका छन् । जनतासँगको भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिँदै सिंहले आफूलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।

सोही क्रममा सिंहले शनिबार बिहान आफ्नो क्षेत्रमा पर्ने बहुदरमाई नगरपालिका वडा नम्वर २ को बैरियाविर्ता र ध्यानसिंह पिप्रा सहितका टोलहरुका मतदाताहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

स्वतन्त्र उम्मेद्वार सिंहले वडा नम्बर २ का मतदातासँग भेटघाट गर्दै अब परिवर्तनका लागि स्वतन्त्रलाई मतदान गर्ने बेला आएको बताए । अब पनि जनताले सही र सक्षम व्यक्तिलाई मतदान नगरेमा पछुताउनुपर्ने भन्दै उनले सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।

सिंहसँगको भेटमा मतदाताहरुले अब दलका नेताहरुबाट विश्वास गुमेकाले स्वतन्त्रकै आश रहेको भन्दै आफूहरुले सिंहकै पक्षमा मतदान गर्ने विश्वास दिलाए ।

सामाजिक सेवामा निरन्तर क्रियासिल व्यक्ति र शैक्षिक क्षेत्रमा पनि लामो समय काम गरेको अनुभवी व्यक्ती भएकाले उनको विकल्प कोही नभएको मतदाताको प्रतिक्रिया छ ।

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा स्वस्फुर्त रुपमा मतदाताहरुले समर्थन जनाइरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद