Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदीप यादवको नेतृत्वमा नेकपा एसबाट वडा अध्यक्षका उम्मेदवार जसपामा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १८ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रतिको आकर्षण बढ्दै गएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले ५ बर्षको कार्याकालमा क्षेत्र र जनताका लागि गरेका कामबाट प्रभावित भएर अहिले यस क्षेत्रमा अन्य दलका नेता कार्यकर्ताहरु धमाधम पार्टी छाड्दै जसपामा प्रवेश गर्न थालेका छन् ।

शुक्रबार पनि वीरगञ्जमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका प्रभावशाली नेताहरु आफना कार्यकर्ता सहित जसपामा प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा अध्यक्षका प्रत्यासी रहेका राम बालक प्रसाद कुर्मी र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडा नम्बर १८ को वडा सदस्यमा निर्वाचित वीरेन्द्र प्रसाद कुर्मी शुक्रबार जसपामा प्रवेश गरेका हुन् ।

दुवै नेतालाई जसपाका केन्द्रिय राजनीतिक समिति सदस्यसमेत रहेका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले अबीर टिका लगाइ पार्टीमा स्वागत गरेका हुन् । त्यसक्रममा यादवले जसपामा प्रवेश गर्ने हरेक नेता कार्यकर्तालाई पार्टीले सहि मुल्यांकन गरेर उचित जिम्मेवारी सुम्पने बताए ।परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कुर्मीद्वयको प्रवेशले जसपालाई थप सशक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै यादवले खुशी व्यक्त गरे ।

जसपमा प्रवेश गरेका वडा नम्बर १४ का कुर्मीले संघीयता, विकास र समृद्धिको पक्षधर जसपाले नै मधेसको हित गर्ने भएकाले आफुले जसपा रोजेको बताए । यस्तै काँग्रेस त्यागेर जसपा प्रवेश गरेका वडा नम्बर १८ का नेता कुर्मीले पनि मधेसको पहरेदार जसपा नै भएको र जसपाकै कारण मधेसीले पहिचान र अधिकार पाएकाले जसपमा प्रवेश गरेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद