Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

पर्सा क्षेत्र नम्बर १ को (ख) मा ‘छडी’ छापमा मतदान’ भन्ने नाराका गुञजियो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा क्षेत्र नम्बर १ को (ख) तर्फको प्रदेश सभा सदस्य लौरो छापका उम्मेदवार ओम प्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को विभिन्न टोलमा चुनावी प्रचारलाई तिव्रता दिएका छन । ‘राष्ट्र निर्माणको अभियान ‘छडी’ छापमा मतदान’ भन्ने नाराका साथ बिहिबार रातीसम्म वडाको मिथिलानगर, डबरी टोल र वडा नम्बर ७ को रामटोलमा चुनावी छलफल तथा भेला कार्यक्रम सम्पन्न गरेका हुन ।
चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सर्राफले आफनो अमूल्य मत पैसावाला उम्मेदवारलाई विक्री नगर्न आग्रह गरे । उनले, ‘ विगतका दिनमा चुनाव जितेर गएका नेताहरुले व्यापक भ्रष्ट्रचार गरेका छन, त्यही पैसाले पुन मत खरीद गर्न तपाईहरु माझ आउँने छन, त्यस्ता भ्रष्ट्रचारीलाई आफनो अमूल्य भोट नबेच्न जनतालाई आग्रह गरे ।’

उनले भने, आर्थिक समाजिक रुपान्तरणको लागि तपाईको मत अमूल्य छ, यसलाई भ्रष्ट्रचारीको हातबाट बेच्यो भने, पुन देशमा भ्रष्ट्रचार निम्त्याउँछ र तपाईको शहर, गाउँ र देश विकास गर्न सक्दैन त्यसैले त्यस्ता भ्रष्ट्र नेताहरु संग सावधान बस्नु पर्छ ।
भ्रष्ट्रचारमा मुछिएका मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी माथि कटाक्ष मार्दै उम्मेदवार सर्राफले भने, भ्रष्ट्रचारीलाई पैसाको प्रलोभनमा आफनो मत बेच्यो भने, त्यसमाथि तपाईहरुको अधिकार हुदैन, यदी निशुल्क सहयोग गर्नुहुन्छ भने भोलीका दिनमा नेताहरुलाई कलर समातेर पनि आफनो काम धाकले गराउँन सक्नु हुन्छ, त्यसैले एउटा सचेत नागरिकको हैसियतले पनि आफनो अमुल्य मत विक्री नगर्नुस्, तपाईको हितमा काम गर्नेलाई नै भोट दिन आग्रह समेत उनले गरे ।

अहिले सरकारी स्कुलको शिक्षामा सुधारको आवश्यकता छ, सरकारी अस्पतालमा सुविधा नहुँदा गरिब जनता उपचार गराउँनबाट बन्चित भईरहेका छन । उनले भने, विगतमा पनि मैले शिक्षा र अस्पतालको विषयमा आवाज उठाएकै छु । म संग भिजन छ, म चुनाव जिते सर्वप्रथम शिक्षामा सुधार ल्याउँने छु । सरकारी अस्पताललाई सुविधासम्म बनाउँने छु । कुनैपनि गरिब जनतालाई उपचार र शिक्षाबाट बन्चित हुन दिदिन्, सेवा गर्ने एकपल्ट मौका दिनुसु, उनले भने ।
अहिले आर्थिक अभावमा केहि दुव्र्यवसनीमा परेको युवाहरु अलपत्रमा परेका छन । उनले भने, मेरो योजना छ , ‘दुव्र्यवसनीमा परेका युवालाई सुधार केन्द्रमा आफनै खर्चबाट उपचार गराउँने छु । पूर्ण रुपमा निको भईसकेका युवाहरुलाई रोजगार र शिपको व्यवस्था मिलाउँन प्रतिबद्ध छु ।’ चुनावी सभामा सहभागि स्थानियले लौरो उम्मेदवार सर्राफलाई मत दिई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद