Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदीप यादवको पक्षमा जनलहर बढ्दै, जसपा-एमालेको रोड शो पाँचौं दिन पनि निरन्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ४ कार्तिक । पर्सा क्षेत्र नम्बर १ को शहरी क्षेत्रमा पर्ने वी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा शुक्रबार पनि जसपाले चुनावी रोड शो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसार अन्तर्गत शुक्रबार वीरगञ्ज महानगरका तीन वटा वडामा गरेको रोड शो का क्रममा पूर्वमन्त्री यादवलाई मतदाताहरुले स्वागत गर्दै आफुहरुले यादवलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुर, नयाँ टोल , वडा नम्बर १२ को मुर्ली र वडा नम्बर १५ को लक्ष्मणवा र भेडियाहीमा शुक्रबार मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतसँगै रोड शो गरेका यादवलाई मतदाताले ठाँउ ठाँउमा स्वागत गरेका हुन् ।

त्यसक्रममा मतदाताहरुले पर्सा १ मा प्रदीप यादवले विकास निर्माणसंगै राष्ट्रिय रुपमा पहिचान दिलाउने गरि गरेका कामहरुका कारण क्षेत्रवासीले फेरि एक पटक उनलाई अवसर दिने सोचमा रहेको बताए ।

पर्सा १ का जनता नाम र अनुहार नभइ आफनो क्षेत्रमा काम गरेका नेताको पक्षमा रहेको भन्दै उनिहरुले यादवले गरेका कामहरुकै कारण यसपालि फेरि यादवलाई नै जिताउने मुडमा रहेको पनि बताए । त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पनि कामको मुल्यांकन गरेर आफना जनप्रतिनिधी चुन्न मतदाताहरुसंग अनुरोध गरे ।

मतदाताको चाहना र भरोसा पुरा गर्न नै आफु राजनीतिमा लागेको भन्दै यादवले मतदाताहरुसंग भने, ‘तपाइहरुको सद्भाव र साथले म मा अझ उर्जा थपिएको छ, तपाइहरुको भरोसामा म सदैव खरो उत्रिनेछु, ढुक्क रहनु होला ।’

शुक्रबारको चुनावी रोड शो मा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद