Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उम्मेदवार रिजाल निरन्तर चुनावी प्रचार प्रसार र मतदाताको घरदैलोमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०३ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली काँगेसका उम्मेदवार रमेश रिजालले चुनावी प्रचार प्रसार र मतदातासंगको भेटघाट कार्यक्रमलाई अझ तिब्र पारेका छन् ।

असोज २३ मा मनोनयन दर्ता भएकै दिन देखि उम्मेदवार रिजाल निरन्तर चुनावी प्रचार प्रसार र मतदाताको घरदैलोमा पुगेर काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

यसैक्रममा बिहीबार पनि पर्साको कालीकामाइ गाँउपालिका वडा नम्बर ५ बिरञ्चीबर्वामा काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता सहित रिजालले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । हरेक घरधुरीमा पुगेर रिजालले लोकतन्त्र र संविधानको पहरेदार एक मात्र पार्टी काँग्रेस नै भएकाले आगामी निर्वाचनमा काँग्रेसलाई मत दिएर विजयी बनाउन मतदातासंग आग्रह गरे ।

उनले सत्ता हत्याउनका लागि अपबित्र गठबन्धन गरेका एमाले र जसपा दुवै मधेस विरोधी रहेको भन्दै उनिहरुले जिते फेरि संविधान र लोकतन्त्रका लागि खतरा निम्तिने भएकाले काँग्रेस नेतृत्वको गठबन्धनको जित देशको आवश्यकता भएको बताए । मधेस विरोधी एमालेसंग गठबन्धन गरेर जसपाले फेरि एक पटक आफुलाइ मधेसी जनतासंग कुठाराघात गरेको पनि रिजालले बताए ।

बिहीबारको घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव , काँग्रेसका युवा नेता राकेश यादव , क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतको पनि सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद