Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा-१ का मतदाता भन्छन्, ‘हामीले खोजेको नेता प्रदीप यादव हुन्”

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरुले रोड शो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै जसपा र एमालेको गठबन्धनका उम्मेदवारहरुले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरुमा निरन्तर रोड शो गरीरहेका छन् ।

गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवारद्वय विचारी यादव र मोहम्मद लालबाबु राउत गद्दीले आज वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ को छपकैया, वडा नम्बर ४ को विर्ता, वडा नम्बर ५ को कुम्हाल टोल र वडा नम्बर ७ को राम टोल र गहवामा संयुक्त रोड शो गरेका हुन् ।

रोड शोका क्रममा पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको पक्षमा मतदाताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवको कार्यकालमा उल्लेख्य विकास निर्माणका काम भएको हुँदा फेरी यादवलाई जिताउने मतदाताको मत छ । क्षेत्र नम्बर १ मा फेरी पनि यादवकै जितको आवश्यक्ता औँल्याउँदै स्थानीयले यादवको जित सुनिश्चित भएको बताए ।

मन्त्री बन्दाको अवस्थामा पनि कुनै घमन्ड नभएर आम नागरिकसँग गर्ने सदबहार व्यावहारको जनताले सह्रानासमेत गरेका छन् । जनताले खोजेको र सोचेको नेता यादवको विकल्पमा क्षेत्र नम्बर १ मा कोही हुन नसक्ने पनि उनीहरुले ठोकुवा गरेका छन् ।

जनताको आशिर्वाद र शुभेच्छाका कारण आफु नै पुनः निर्वाचित हुने यादवको बिश्वास छ । आफ्नो कार्यकालमा क्षेत्र नम्बर १ मात्रै नभएर समग्र पर्सा जिल्लाकै विकासलाई प्राथमिकतामा राखेको बताउँदै यादवले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायतका एजेण्डालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबिच जसपाले वडा नम्बर ४ मा सम्पर्क कार्यालय पनि स्थापना गरेको छ । कार्यालयबाट चुनाव केन्द्रित गतिविधिहरु सञ्चालन गरिने पार्टीले जनाएको छ ।

रोड शोका क्रममा जसपा एवम् नेकपा एमालेका नेता कार्यकर्ताहरुको उल्लेखनीय संख्यामा उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद