Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेसको मुद्धा र एजेन्डाहरु काँग्रेस नेतृत्वकै सरकारले सम्बोधन गर्ने – काँग्रेस नेता रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०१ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले मधेसको मुद्धा र एजेन्डाहरु काँग्रेस नेतृत्वकै सरकारले सम्बोधन गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन एक भएर लाग्न आह्वान गरे ।
एमालेलेको इशारामा रोकिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि पनि आगामी निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धन जित्नु पर्ने बताएका छन् ।

पर्साको धोबिनी गाँउपालिकाको भिखमपुरमा मङ्गलबार आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले यस्तो बताएका हुन् । सत्तागठबन्धनका साझा उम्मेदवार रिजालले संघीयता र मधेस विरोधी एमाले र उसलाई साथ दिने जसपा अहिले सत्ता स्वार्थका लागि एक भएको परिदृश्यले दुवै दल मधेस विरोधी रहेको पुष्टि भएको बताए ।

उनले अब बन्ने काँग्रेस नेतृत्वको सरकारले स्थानीय स्तरमा बढेको भ्रष्टाचार नियन्त्रणको लागि कडा कानुन निर्माण गर्ने पनि बताए ।

भेलामा सहभागी स्थानीय अगुवाहरुले काँग्रेसका उम्मेदवार रमेश रिजाल धर्म र जातपातको नाममा राजनीति गर्ने नेता नभएकाले उनी प्रति जनताको अपार समर्थन रहेको बताए । स्थानीय झक्कड मियाले भने ,‘ रमेश रिजालले कहिले पनि जातीय विभेद,धर्मिक विभेद गरेनन् , तर केही यस्ता नेता हाम्रौ क्षेत्रमा छन् जो कि जातपात र धर्मको नाम भोट माग्न आइरहेका छन् , त्यस्तालाई जनताले नै हराएर पठाउछन् ।

स्थानीय हिरन पटेललले पनि रमेश रिजाल क्षेत्रको मात्र नभइ देशकै नेता भएकाले उनलाई क्षेत्र नम्बर ४ का जनताले अवश्य जिताएर पठाउने बताए ।

भेलामा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी र रामदेव चौहान,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,स्थानीय काँग्रेस नेताहरु राजकिशोर कुर्मी,हिरन पटेल,अशोक साह,बन्धु साह लगायतको सहभागीता थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ कार्तिक १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद