Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा ४ क्षेत्रमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को ,उम्मेदवार रमेश रिजालको चुनावी प्रचारलाइ तिब्रता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३१,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ३१ असोज : पर्सामा नेपाली काँग्रेस प्रति पार्टी प्रवेश शुरु भएको छ । मंसिर ४ को निर्वाचन नजिकिदै जादा पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको हो ।

पर्सा ४ मा काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले चुनावी प्रचारलाइ तिब्रता दिएसंगै यो क्षेत्रमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।

यसैक्रममा सोमबार कालिकामाई गाँउपालिका वडा नम्बर २ भेडिहारीमा काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता सहित करिब पाँच सय जना काँग्रेसमा प्रवेश गरेका छन् ।

कालिकामाई २ मा स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीबाट वडा अध्यक्षमा चुनाव लडेका डाक्टर दिलिप कुशवाहाका साथै अन्य पार्टीका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजालले काँग्रेस प्रतिको आकर्षण र जनलहर बढ्दै गएको बताए । लोकतन्त्र र संविधानको रक्षा काँग्रेसले नै गर्दै आएको भन्दै उनले मधेसका मुद्धाहरुको सम्बोधनका लागि पनि काँग्रेस नै निरन्तर लागि परेको बताए ।

काँग्रेसका क्षेत्रीय सचिव एंव जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा सत्तागठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदतारा, काँग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे , जिल्ला कोषाध्यक्ष प्रेम थापा, महाधिवेशन प्रतिनिधीहरु बष्ठिनारायण कुर्मी, जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , जिल्ला सहसचिव नवीन सिंह, युवा नेता राकेश यादव लगायतको पनि सहभागीता रहेको क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ आश्विन ३१,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ आश्विन ३१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद