Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा १८ जनाले मनोनयन दर्ता गराए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख १२,सोमबार
A A
महानगरको मेयरमा सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी

महानगरको मेयरमा सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, वैशाख १२ गते। वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा १८ जनाले मनोनयन दर्ता गराउनु भएको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा १८ जनाले मनोनयन दर्ता गराउनु भएको हो।
निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी, पत्रकार गिरिश गिरी, जसपाका राजेशमान सिंहसहित १८ जनाले वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा मनोनयन दर्ता गराउनु भएको वीरगञ्ज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो। महानगरको उपप्रमुख पदमा भने ४ जनाको मात्र मनोनयन दर्ता भएको उहाँले बताउनुभयो।

राप्रपाबाट विणा शर्मा ,पत्रकार गिरिश गिरी

त्यस्तैगरी नगर प्रमुखमा मनोनयन दर्ता गर्नेमा निवर्तमान नगरप्रमुख नेकपा एमालेका विजयकुमार सरावगी, नेपाल मजदुर किसान पार्टीका गोकर्णप्रसाद कोइरी, राष्ट्रिय सद्भावना पार्टीका विजयकुमार रौनियार राप्रपाका पत्रकार गिरिश गिरी, जनता समाजवादी पार्टीका राजेशमान सिंह रहनु भएको छ। नगरप्रमुखमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनेमा राजेश सिंह, राधेश्याम साह, कैलाश सरार्फ, संजिवकुमार यादव, बिक्की राज पटेल, महम्मद रियाजुलहक, फिरोज आलम, महम्मद सगिर अलि, राजेन्द्रप्रसाद सिंह भुईयार, रिजवान अलि, जमिल रायभाठ र प्रभात सिंह रहनुभएको छ।

निवर्तमान नगरप्रमुख नेकपा एमालेका विजयकुमार सरावगी,

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट निर्वाचित हुनु भएका वीरगञ्ज महानगरपालिकाका निर्वतमान नगरप्रमुख विजयकुमार सरावगी ढेड महिना पहिले नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो। नेकपा एमाले र लोसपाबीच तालमेल गरी सरावगी उम्मेदवार बन्नु भएको हो। त्यस्तैगरी सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले ढेड महिना पहिले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा ०बाट आउनु भएका राजेशमान सिंहलाई उम्मेदवार बनाएको हो।
वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा भने सत्ता गठबन्धन, एमालेरलोसपा गठबन्धन र राप्रपाबाट १र१ जना र १ जना स्वतन्त्रसहित ४ जनाले मनोनयन दर्ता गराउनु भएको छ। सत्ता गठबन्धनबाट नेपाली काग्रेसका जिल्ला सचिव ईम्तियाज आलम, एमालेरलोसपा गठबन्धनबाट लोसपाका जिल्ला अध्यक्ष पुरुषोतम् झा, राप्रपाबाट विणा शर्मा उम्मेदवार बन्नु भएको छ। त्यस्तैगरी लोसपाकी नेतृ रम्भा मिश्रले स्वतन्त्र रही उपप्रमुखमा मनोनयन दर्ता गराउनु भएको महानगरका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो।
नगरप्रमुख र उपप्रमुखमा दुई छुट्टाछुट्टै गठबन्धन भएर उम्मेदवार बने पनि वडामा भने तालमेल हुन नसक्दा पार्टीले महानगरपालिकाका ३२ वटै वडामा छुट्टाछुट्टै वडा अध्यक्ष एवम् वडा सदस्यको मनोनयनपत्र दर्ता गराएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद