Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गराए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख १२,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको हो ।
प्रमुख पदका उम्मेदवा पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहेका छन् । शाहीको प्रस्तावकमा राजेन्द्र कुमार शाही र समर्थकमा हिराज कार्कीले हस्ताक्षर गरेका छन् ।
प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि दुवै दलले वडातहमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै दलको तर्फबाट उपमहानगरपालिकाको २४ वटै वडामा छुट्टाछुट्टै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
केन्द्रीय गठबन्धनको निर्णयलाई अस्विकार गर्ने बताउदै आएको कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले आफूहरु छुट्टै तालमेल गर्ने भन्दै विज्ञप्ती जारी गरेका थिए । माओवादी एकलौटी ढंगले गठबन्धनको मर्म विपरित अघि बढेको भन्दै विज्ञप्ती जारी गरेका तीन दलबीच सोमबार आपसी तालमेल देखिएन् । तीनवटै दलले सबै वडामा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद