Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गराए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख १२,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको हो ।
प्रमुख पदका उम्मेदवा पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहेका छन् । शाहीको प्रस्तावकमा राजेन्द्र कुमार शाही र समर्थकमा हिराज कार्कीले हस्ताक्षर गरेका छन् ।
प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि दुवै दलले वडातहमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै दलको तर्फबाट उपमहानगरपालिकाको २४ वटै वडामा छुट्टाछुट्टै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
केन्द्रीय गठबन्धनको निर्णयलाई अस्विकार गर्ने बताउदै आएको कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले आफूहरु छुट्टै तालमेल गर्ने भन्दै विज्ञप्ती जारी गरेका थिए । माओवादी एकलौटी ढंगले गठबन्धनको मर्म विपरित अघि बढेको भन्दै विज्ञप्ती जारी गरेका तीन दलबीच सोमबार आपसी तालमेल देखिएन् । तीनवटै दलले सबै वडामा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद