Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, — मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजना हुन लागेको “घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३” मा सहभागी हुन वीरगञ्ज महानगरपालिकाको टोली आगामी भदौ ३० गते जोमसोम जाने भएको छ।
​जलवायु परिवर्तनका कारण पछिल्लो समय तराई-मधेशमा बढ्दै गएको अत्यधिक तापक्रम र सुक्दै गएका खानेपानीका मुहानको गम्भीर समस्यालाई राष्ट्रिय मञ्चमा उठाउन महानगरले “तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नारा तय गरेको छ। सम्मेलनमा भाग लिन जान लागेका महानगरका प्रशासन प्रमुख किर्ती सुवेदी र वातावरण शाखा प्रमुख राकेश साहलाई एक विशेष कार्यक्रमका बिच बिदा गरिएको छ।
​वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले टोलीलाई शुभकामना दिँदै बिदाइ गर्नुभएको हो।
​सो अवसरमा बोल्दै कार्यवाहक प्रमुख इम्तियाज आलमले भन्नुभयो, “जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेर तराई-मधेशमा अझ भयावह रूपमा देखिन थालेको छ। वीरगञ्जसहित सिङ्गो मधेशमा भूमिगत जलसतह घट्दा खानेपानीको चरम सङ्कट पैदा भएको छ। जोमसोममा हुने यो भेलामार्फत हामी मधेशले भोगिरहेको वातावरणीय सङ्कट र तराईका वास्तविक समस्यालाई दृढताका साथ प्रस्तुत गर्नेछौँ।”
​त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले सम्मेलनले देशका सबै स्थानीय तहलाई जलवायु अनुकूलनका रणनीति बनाउन एकीकृत मञ्च प्रदान गर्ने बताउनुभयो। “हिमालदेखि तराईसम्मका स्थानीय तहहरू एकै ठाउँमा उभिएर साझा रणनीति बनाउनु आजको आवश्यकता हो। हाम्रा प्रतिनिधिहरूले मधेशका तर्फबाट ठोस सुझाव र प्रतिवेदन सम्मेलनमा पेस गर्नुहुनेछ,” बोहराले भन्नुभयो।
​नेपाल सरकार, प्रदेश सरकार र विभिन्न भगिनी स्थानीय तहहरूको सहयोगमा घरपझोङ गाउँपालिकाले भदौ ३० र ३१ गते जोमसोम कभर्ड हलमा आयोजना गर्न लागेको यस सम्मेलनमा मुलुकभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा जलवायु विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनको समापनमा कालीगण्डकीको तटबाट एकीकृत “घरपझोङ घोषणापत्र, २०८३” जारी गरिने जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद