Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ६,शनिबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित वडा समितिको कार्यालयमा बाटो निर्माणसम्बन्धी छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप लागेको छ।

घटनामा घाइते भएका अनिल पटेल हाल वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचाररत रहेको उनका परिवारजनले बताएका छन्।

पीडित पक्षका अनुसार बाटो निर्माणसम्बन्धी विषयमा छलफल गर्न वडा समितिबाट फोन गरेर पटेललाई कार्यालयमा बोलाइएको थियो। सोही क्रममा पूर्व वडा अध्यक्ष भरतप्रसाद कुर्मीका छोरा विशाल पटेलले उनीमाथि आक्रमण गरेको आरोप लगाइएको छ।

घटनाका बेला अनिल पटेल वडा सचिव राजेश डंगोल तथा कार्यवाहक वडाध्यक्ष देवकरण पटेलसँग छलफल गरिरहेका थिए। त्यसै क्रममा विशाल पटेलले एक्कासी मुक्का प्रहार गरी कुटपिट गरेको पीडित पक्षको दाबी छ। कुटपिटबाट पटेलको छाती, घाँटी, ढाड तथा कम्मरमा चोट लागेको बताइएको छ।

घटनापछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक जानकारी संकलन गर्नुका साथै सीसीटीभी फुटेजसमेत हेरेको जनाइएको छ। पीडित पक्षले भने आरोपीलाई तत्काल नियन्त्रणमा नलिइएको भन्दै असन्तुष्टि जनाएको छ। उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

घटनाबारे प्रहरीको औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

आरोपित पक्षको प्रतिक्रिया प्राप्त हुन नसकेको तथा घटनाबारे अनुसन्धान जारी रहेकाले यसको यथार्थ विवरण अनुसन्धानको निष्कर्षपछि मात्र स्पष्ट हुने देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८३ असार ६,शनिबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८३ असार ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद