Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ६,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्जको मेनरोड क्षेत्रमा सरकारी निकायले सञ्चालन गरेको घर तथा संरचना हटाउने कार्यबाट प्रभावित स्थानीय बासिन्दाले शनिबार साँझ सिटी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन्।

आदर्शनगर चोकबाट सुरु भएको जुलुसमा प्रभावित परिवारका सदस्य तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले पुनर्वास, क्षतिपूर्ति तथा वैकल्पिक व्यवस्थाको माग गर्दै घण्टाघरसम्म ¥याली निकालेका थिए।

स्थानीयवासीहरूले घर तथा संरचना हटाउने क्रममा आफूहरूको सम्पत्तिमा क्षति पुगेको र उचित व्यवस्थापन तथा परामर्शबिना गरिएको कारबाहीले जीवनयापनमा समस्या सिर्जना गरेको बताएका छन्। उनीहरूले तत्काल क्षतिपूर्ति, पुनर्वास तथा मानवतामूलक समाधानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

जुलुसका सहभागीहरूले ‘हाम्रो घर सुरक्षित गर’, ‘डोजर आतंक बन्द गर’, ‘हामीलाई न्याय चाहिन्छ’, ‘जनतालाई उठिबास गराउन बन्द गर’, ‘मेनरोडलाई सहरी सडक घोषणा गर’ तथा ‘ऐतिहासिक सहरको सम्मान गर’ लगायतका नारा लगाएका थिए।

घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा सहभागीहरूले आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

सरकारी निकायले भने मेनरोड क्षेत्रको अतिक्रमण हटाउने तथा सडक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले संरचना हटाउने अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८३ असार ६,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८३ असार ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद