Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ३,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बारा । विकास र सुशासनका नाराबीच बारा जिल्लाको परवानीपुर गाउँपालिकाका केही स्थानीयवासी अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित रहेको गुनासो गरेका छन्।

परवानीपुर गाउँपालिका वडा नं। ५ को सानो नौतन टोल तथा वडा नं। ७ को बीच टोलमा रहेका करिब पाँच घरधुरीले लामो समयदेखि खानेपानी र सडक बत्तीको समस्यासँग संघर्ष गर्दै आएको बताएका छन्। स्थानीयवासीका अनुसार राजनीतिक पहुँचको अभावका कारण उनीहरूको बस्ती स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको छैन।

एक स्थानीय युवाले सामाजिक सञ्जालमार्फत आफ्नो क्षेत्रको समस्या सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार पहिले पर्याप्त मात्रामा खानेपानी उपलब्ध हुने उक्त क्षेत्रमा अहिले स्वच्छ र नियमित पानीको आपूर्ति हुन छाडेको छ। त्यस्तै, विद्युत् पोलमा सडक बत्ती जडान नगरिँदा स्थानीयवासी रातिको समयमा अन्धकारमा आवतजावत गर्न बाध्य छन्।

अन्धकारकै कारण हालै एक स्थानीयवासी लडेर घाइते भएको बताइएको छ। सडक बत्तीको अभावले दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बोरिङ जडान गर्न तथा सडक बत्तीको व्यवस्था गरी सुरक्षित आवतजावतको वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

उनीहरूले गाउँपालिका अध्यक्ष, वडाध्यक्ष तथा सरोकारवाला निकायलाई समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै तत्काल आवश्यक पहल गर्न अनुरोध गरेका छन्। स्थानीयका अनुसार विकासको नारा व्यवहारमा उतार्न सबै नागरिकलाई आधारभूत सेवासुविधामा समान पहुँच सुनिश्चित गरिनु आवश्यक छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८३ असार ३,बुधबार
बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८३ असार ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद