Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साको जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त ९हरि पन्त० निर्वाचित भएका छन्। नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानलले अधिकांश प्रमुख पदमा विजय हासिल गर्दै संगठनमा आफ्नो प्रभाव स्थापित गरेको छ।

निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए। पन्तले ४८ मतको अन्तरले जीत हासिल गरेका हुन्।

पन्त पर्सा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य हुन् भने कानु क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य हुन्। दुवै पक्ष प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए।

उपसभापति पदमा पन्त समूहका दिलीपकुमार कुर्मी १६२ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरेका थिए।

सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी शिवकुमार साहले ११६ मत प्राप्त गरे। त्यसैगरी सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित निर्वाचित हुँदा निरजकुमार साहले ११३ मत प्राप्त गरेका थिए।

सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी १६० मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउने उम्मेदवार बनेकी छन्। साथै प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि सदस्य पदमा निर्वाचित भएका छन्।

निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा हरि पन्त पक्षको प्रभाव देखिएको छ। पर्साका चार प्रतिनिधिसभा सदस्यमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व तथा कार्यकर्ताको समर्थनसहित निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

यता सुशीलकुमार कानुलाई क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसिया, क्षेत्र नं। ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य तथा नेता सुधिर पटेलको समर्थन रहेको बताइएको छ।

निर्वाचनको नतिजापछि पर्सा जिल्लामा हरि पन्त समूहको संगठनात्मक पकड अझ बलियो बनेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

यातायात कार्यालय विवाद – कर्मचारीमाथि भ्रष्टाचारको आरोप, उजुरीकर्तामाथि अभद्र व्यवहार मुद्दा
मुख्य समाचार

यातायात कार्यालय विवाद – कर्मचारीमाथि भ्रष्टाचारको आरोप, उजुरीकर्तामाथि अभद्र व्यवहार मुद्दा

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
सामुदायिक विद्यालयका विद्यार्थीका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम सञ्चालन
मुख्य समाचार

सामुदायिक विद्यालयका विद्यार्थीका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम सञ्चालन

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद