Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा वीरगञ्जमा सचेतना र्‍याली, सवारीमा रिफ्लेक्टर स्टिकर टाँस्दै दुर्घटना न्यूनीकरण अभियान

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ३,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा वीरगञ्ज युवा समाजले जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता तथा मुर्ली प्रहरीको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

“दुर्घटना न्यूनीकरण, हामी सबैको सहभागिता र प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सडक सुरक्षासम्बन्धी सचेतना र्‍यालीसहित सवारी साधनमा प्रतिबिम्ब (रिफ्लेक्टर) स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको थियो।

वीरगञ्जको माइस्थान प्राङ्गणबाट सुरु भएको र्‍याली विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्डसहित मुख्य सडक हुँदै घण्टाघरसम्म पुगेको थियो। कार्यक्रममा विशेषगरी साइकल, मोटरसाइकल, ठेला तथा ई–रिक्साजस्ता सवारी साधनमा रिफ्लेक्टर स्टिकर टाँस्दै सडक सुरक्षाबारे जनचेतना फैलाइएको थियो।

कार्यक्रम वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा शिक्षाविद् प्रकाश उपाध्याय, मार्टिन मोक्तान, घण्टाघर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र चौधरी, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, कार्यक्रम संयोजक मनोज गुप्ता, सचिव विनोद धिमाललगायत समाजका पदाधिकारी, ट्राफिक प्रहरी, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा बोल्दै जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटुवालले अधिकांश सवारी दुर्घटना चालकको लापरवाही तथा ट्राफिक नियम उल्लंघनका कारण हुने गरेको बताए। उनले सबैले अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्ने बानी बसाल्न आवश्यक रहेको उल्लेख गर्दै हलुका सवारी प्रयोग गर्ने मजदुर, विद्यार्थी तथा निम्न आय वर्गका नागरिकलाई लक्षित गरेर गरिएको रिफ्लेक्टर अभियान प्रशंसनीय रहेको बताए।

उनले सबै पक्षको सहकार्य र जनचेतनाबाट मात्र सडक दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष संजीव थापाले “ज्यान छ भने जहान छ” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सडक सुरक्षा सप्ताह वर्षमा एकपटक मनाएर मात्र पर्याप्त नहुने भन्दै यस्ता कार्यक्रम नियमित रूपमा प्रत्येक महिनामा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

सञ्चारकर्मी लालबाबु सिंहले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले सवारी चालक, स्थानीयवासी तथा सरोकारवालामा सुरक्षा चेतना बढाउने विश्वास व्यक्त गरेका थिए। साथै सहभागीहरूले समाजका लागि उपयोगी कार्यक्रम आयोजना गरेको भन्दै वीरगञ्ज युवा समाजको खुलेर प्रशंसा गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त, अन्तर्राष्ट्रिय गुणस्तर मान्यतासहित सेवा प्रवाहमा नयाँ उपलब्धि
मुख्य समाचार

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त, अन्तर्राष्ट्रिय गुणस्तर मान्यतासहित सेवा प्रवाहमा नयाँ उपलब्धि

प्रकाशित : २०८३ जेष्ठ ३,आईतवार
एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान
मुख्य समाचार

एआई प्रविधिसहित वीरगञ्जमा क्षयरोग खोज अभियान, ५० जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८३ जेष्ठ ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद