Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख ५,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गर्दै वीरगञ्ज कलेजले शनिबार एक विशेष तथा भव्य कार्यक्रम आयोजना गरेको छ। वीरगञ्जस्थित क्लासिक बेंक्वेटमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक यात्रा, अनुशासन, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माणका विषयमा विभिन्न क्षेत्रका वक्ताहरूले प्रेरणादायी मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख वक्ता सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक प्रेम सिंह भट्टले व्यवस्थापन शिक्षाको सन्दर्भमा बोल्दै द्यद्यब् कार्यक्रम अन्य विश्वविद्यालयहरूको तुलनामा प्रतिस्पर्धात्मक र उपयोगी रहेको बताए। उनले कुनै पनि शैक्षिक संस्थाको सफल सञ्चालनका लागि विद्यार्थी र अभिभावकको विश्वास, सक्षम व्यवस्थापन समिति तथा सुदृढ प्रशासनिक संरचना अपरिहार्य हुने उल्लेख गरे।
त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सफलता प्राप्तिमा व्यक्तिगत मेहनतको भूमिका निर्णायक हुने धारणा राखे। “कलेजले मार्गदर्शन गर्छ, तर सफलता प्राप्त गर्ने आधार विद्यार्थीको आफ्नै प्रयास हो,” उनले भने, “कलेजको योगदान ४० प्रतिशत भए पनि बाँकी ६० प्रतिशत विद्यार्थीको लगनशीलता र निरन्तर अभ्यासमा निर्भर हुन्छ।” उनले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नरही व्यवहारिक सीप विकास गर्दै स्वरोजगार, रोजगार र उद्यमशीलतातर्फ उन्मुख हुन आग्रह गरे।
कार्यक्रममा डा. दिपेन्द्र चौधरीले विद्यार्थीहरूलाई आत्मअनुशासन र जिम्मेवारीबोधका साथ आगामी परीक्षामा सहभागी हुन सुझाव दिए। उनले परीक्षा केन्द्रमा मर्यादित व्यवहार प्रदर्शन गर्न र कुनै पनि गुनासो नआउने गरी परीक्षा दिन आग्रह गर्दै अनुशासनलाई सफलताको आधारस्तम्भको रूपमा व्याख्या गरे।
वक्ताहरूले व्यवस्थापन, कानुन तथा पत्रकारिता जस्ता विषयहरूको वर्तमान सन्दर्भमा महत्त्व औंल्याउँदै विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्यसहित अध्ययन गर्न प्रेरित गरे। उनीहरूले व्यवसाय सञ्चालनका लागि केवल पूँजी मात्र नभई स्पष्ट दृष्टिकोण, सीप र नवप्रवर्तनशील सोच आवश्यक हुने धारणा पनि व्यक्त गरे।
विदाई कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न पेशा–व्यवसायसँग आवद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कलेजले जनाएको छ। कार्यक्रमले विद्यार्थीहरूमा आगामी बोर्ड परीक्षाप्रति आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्यप्रति सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको समापनसँगै कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै कलेजले उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८३ बैशाख ५,शनिबार
जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतकाे सरूवा, काजमा कोमल शाह आउने
मुख्य समाचार

पर्सामा एकै दिन तीन घटनाः आत्महत्या, कुटपिट र हत्या

प्रकाशित : २०८३ बैशाख ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद