Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

by प्रणय साह
प्रकाशित : २०८३ बैशाख ३,बिहीबार
A A
14
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर (बारा) — बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ मा सिँचाइका लागि निर्माण गरिएको नहर पुरेर सडक निर्माण सुरु गरिएको विषयले स्थानीय स्तरमा तीव्र विवाद सिर्जना गरेको छ। करिब ३० लाख रुपैयाँ लागतको उक्त योजना आवश्यकताको आधारमा नभई स्वार्थप्रेरित ढंगले अघि बढाइएको आरोप स्थानीयवासीले लगाएका छन्।

स्थानीयका अनुसार साविक बहुअरी गाविस वडा नं. ९ अन्तर्गत निर्माण गरिएको सिँचाइ नहर अहिले परवानीपुर गाउँपालिका–५ भित्र पर्दछ। कृषिमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको उक्त नहर पुरिँदा सिँचाइ प्रणाली मात्र होइन, गाउँबाट निस्कने पानीको निकास समेत अवरुद्ध हुने खतरा बढेको उनीहरूको भनाइ छ।

स्थानीय सिमनतर राम भन्छन्, “यो नहरले वर्षौंदेखि खेतीपातीमा सहयोग पुर्‍याउँदै आएको थियो। अहिले यसलाई पुरेर सडक बनाउने कामले दीर्घकालीन रूपमा ठूलो समस्या निम्त्याउने देखिन्छ।”

त्यस्तै, अर्का स्थानीय रोहित गुप्ताले योजना चयनमै शंका व्यक्त गर्दै भने, “जहाँ सडकको खासै आवश्यकता छैन, त्यहीँ नहर मासेर योजना ल्याइनु शंकास्पद छ। यसमा आर्थिक चलखेल र पहुँचवालाको प्रभाव देखिन्छ।”

स्थानीयवासीका अनुसार नहर पुरिँदा सिँचाइ अभावले खेती प्रणालीमा नकारात्मक असर पर्ने, जल निकास अव्यवस्थित भई डुबान र सरसफाइ समस्या बढ्ने जोखिम समेत रहेको छ। उनीहरूले दीर्घकालीन वातावरणीय असरप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

योजना कार्यान्वयन प्रक्रियामा पारदर्शिता नभएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग छानबिनको माग गरेका छन्। उनीहरूले तत्काल निर्माण कार्य रोक्न, योजनाको औचित्य स्पष्ट गर्न र स्थानीयको सहमति बिना अघि बढाइएको कार्यप्रति जिम्मेवार निकायलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८३ बैशाख ३,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८३ बैशाख ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद