Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनतासँग नजिकिन पर्सा–१ का सांसद पन्तद्वारा सचिवालय उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २७,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–१ का सांसद हरि पन्तले वीरगञ्जमा निजी सचिवालय स्थापना गरेका छन्। निर्वाचन जितेपछि सांसदहरू राजधानी केन्द्रित हुने र जनताबाट टाढिने प्रवृत्तिलाई चिर्ने उद्देश्यले उनले आफ्नै निर्वाचन क्षेत्रमै सचिवालय सञ्चालनमा ल्याएका हुन्।

वीरगञ्ज महानगरपालिका–८ मा आयोजित एक समारोहबीच सांसद पन्तले सचिवालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा पर्सा–१ का विभिन्न तहका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

उद्घाटनपछि बोल्दै सांसद पन्तले आफू वीरगञ्ज बाहिर रहँदा पनि स्थानीय जनताको समस्या समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले सचिवालय स्थापना गरिएको बताए। उनले सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिने जानकारी दिए। केही दिनभित्रै टोलीलाई पूर्णता दिई सदस्यहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिने उनको भनाइ थियो।

सांसद पन्तले सरकारी कार्यालयहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै कुनै पनि समस्या परेमा सचिवालयमार्फत जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे। “अब जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी काम हुन्छ,” उनले भने।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम लगायतका नेताहरूको उपस्थिति रहेको थियो। साथै विभिन्न वडाका निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक तथा शुभेच्छुकहरूको समेत सहभागिता थियो।

कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २७,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद