Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

नेशनल मेडिकल कलेजद्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र १,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज –

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम आज नेशनल मेडिकल कलेजको कन्फरेन्स हलमा आयोजना गरिएको थियो।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो। उक्त कपडा प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीको हातबाट वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा का विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका थिए।

उक्त कार्यक्रममा वरिष्ठ प्रशासक विश्वनाथ कान्त र मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ले सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ सम्पन्न
धर्म

वीरगन्जमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ सम्पन्न

प्रकाशित : २०८२ चैत्र १,आईतवार
राम नवमीको अवसरमा वीरगञ्जमा प्रेरणादायी सामाजिक पहल, अपाङ्गता पीडितलाई आत्मनिर्भर बनाउन गुम्टी हस्तान्तरण
मुख्य समाचार

राम नवमीको अवसरमा वीरगञ्जमा प्रेरणादायी सामाजिक पहल, अपाङ्गता पीडितलाई आत्मनिर्भर बनाउन गुम्टी हस्तान्तरण

प्रकाशित : २०८२ चैत्र १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद