
वीरगन्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौरसियाले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गर्दै उल्लेखनीय विजय हासिल गरेका हुन्।
चौरसियाले कुल २९ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १६ हजार ३ सय ६६ मत पाएका छन्।
त्यसैगरी नेकपा ९एमाले०का उम्मेदवार रुपेश पाण्डेले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्सा–३ मा रहेका ९६ हजार ५ सय ४२ मतदातामध्ये ६७ हजार १ सय १३ जनाले मतदान गरेका थिए। यस परिणामसँगै चौरसिया उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।



