Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, सुगौली टोलमा उत्साहपूर्ण सहभागिता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २६, सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलोका क्रममा जेन–जी युवाहरू, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय समर्थकहरूले उम्मेदवार कानुलाई अबिर र गम्छा लगाएर आत्मीय स्वागत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कानुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।

“जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,” उनले भने, “स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ।” उनले कृषकका लागि मल व्यवस्थापन, युवाहरूलाई रोजगारीमुखी तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा आएपछि दलित समुदाय लक्षित स्वास्थ्य सुधार, शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारीका अवसर सिर्जना गरिने विश्वास व्यक्त गरेका छन्। विकास, रोजगारी, शिक्षा र कृषिलाई केन्द्रमा राखेर जनताको आवश्यकता अनुसार काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीय समर्थकहरूले “परिवर्तनका लागि घण्टी ओठमा मात्र होइन, मनले छ समर्थन घण्टीमा—यो निर्वाचन हाम्रो हो, परिवर्तनको हो” भन्ने नारा लगाउँदै रास्वपाप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए।

समग्रमा सुगौली टोलमा देखिएको सहभागिता र उत्साहले पर्सा–२ मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको स्थानीयहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद