Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज–१३ मा ३० युवतीलाई कपडा सिलाइ–कटाइ तालिम सम्पन्न, उपकार सेवा नेपालको पहलमा सीप प्रमाणपत्र वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ नयाँटोल मुर्लीमा ३० जना युवतीलाई लक्षित गरी सञ्चालन गरिएको कपडा सिलाइ–कटाइ सम्बन्धी दुई महिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिम सम्पन्न पश्चात संस्थाले एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रशिक्षक खुश्बु प्रबिन र शोनी प्रबिन तथा प्रशिक्षार्थीहरू सलमा प्रबिन, सकिला प्रबिन, सजरुन प्रबिन, बिस्मिल्ला प्रबिन लगायत सबै सहभागी युवतीहरूलाई तीन महिने सीपको प्रमाणपत्र प्रदान गरेको हो।
प्रमाणपत्र वितरण कार्यक्रम उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अभिभावक पद्मा देवी सरावगी र संस्थाकी सदस्य सुमन बगेडियारले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
तालिम कार्यक्रमबाट १५/१५ जनाको दुई समूहमा गरी जम्मा ३० जना युवतीहरू लाभान्वित भएका छन्। उनीहरूको आत्मनिर्भरता, रोजगारीको अवसर र जीवनस्तर सुधारमा टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायत स्थानीय भद्रभलाद्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमले व्यवहारिक सीप प्रदान गरेको र भविष्यमा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न सामाजिक तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै समाजिक उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद