राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति एबम पर्सा १ का उम्मेदवार हरि पन्तलाई आज गहवा र रामटोलबासी हरुले सयौं संख्यामा उपस्थित भएर साथ दिएका छन ।
पन्तले आज गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौंको संख्यामा सहभागीता जनाएर गहवा र रामटोल बासिहरुले सहभागिता जनाएर समर्थन जनाउदै उनिहरुले पन्तलाइ साथ दिएका हुन ।
आज बिहान भएको उक्त घरदैलो कार्यक्रममा कयौं स्थानियहारुले घर घरबाट घण्टी बजाएर पन्तलाइ साथ र समर्थन जनाएका थिए । त्यसक्रममा उम्मेदवार पन्तलाइ घर घरमा टीका , माला र पुष्प गुच्छा दिएर माया दर्साएका थिए । स्थानीयहरुले यसपाली परिबर्तन गरेरै छड्ने अठोट समेत लिएको बताएका थिए ।
कार्यक्रम स्थानीय युबाहरु निरज गुप्ता , सुमित कादमिया , अबिनाश गुप्ता बिकाश गुप्ता , छोट्टु साह , राजु साह , प्रदिप गुप्ता दिपक कुश्वाह , आकाश गुप्ता , साहिल , अजय साह , करन साह , सन्तोष खेतान , रोशन खेतान लगाएतका युबाहरुको नेतृत्वमा सम्पन्न भएको थियो ।



