Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घरदैलोमा सुशील कानु : स्थानीय समस्या सदनसम्म पुर्‍याउने प्रतिवद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आइतबार पर्सागढी नगरपालिका–९ का बडेर्वा र तेलिया तथा वडा नम्बर ७ को फुलवारीयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोका क्रममा उनले मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराए । उनले घण्टी छापमा मतदान गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा सहयोग गर्न आग्रह गरे ।

कानुले देशमा प्रजातन्त्र स्थापनादेखि नै विभिन्न राजनीतिक दलहरूले भ्रष्टाचार गरेर मुलुकको अर्थतन्त्रलाई धराशायी बनाएको आरोप लगाए । उनले अब परिवर्तनको समय आएको भन्दै मुलुकलाई सही बाटोमा डोर्‍याउन घण्टी छापमा मतदान गर्न आह्वान गरे ।

उनले क्षेत्रमा दीर्घकालीन रूपमा देखिँदै आएका समस्या, तिनका कारण र सम्भावित समाधानबारे स्थानीयसँग खुला छलफल गरे । निर्वाचित भएपछि महिलाहरूलाई घरमै बसेर सिक्न सकिने प्राविधिक योग्यतासहितका कृषि तथा पशुपालन तालिम, सिलाइ–कटाइ जस्ता सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र पारिवारिक आम्दानी बढाउन टेवा पुग्नेछ,” उनले भने।

स्थानीय बासिन्दाले वर्षौँदेखि भोग्दै आएको कृषि क्षेत्रमा जङ्गली जनावरबाट हुने क्षतिको समस्या उठाएका थिए । कानुले समस्याको समाधानका लागि प्रभावकारी नीति बनाउने, उचित क्षतिपूर्तिको व्यवस्था गर्ने तथा दीर्घकालीन कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । “किसानको पसिनाको सम्मान हुने व्यवस्था गर्न म सदनमा निरन्तर आवाज उठाउनेछु,” उनले भने ।

कार्यक्रममा सहभागी स्थानीयवासीले कानुलाई नयाँ सोच, स्पष्ट योजना र जनताको समस्या प्रत्यक्ष सुन्ने उम्मेदवारका रूपमा चित्रण गर्दै यसपटक परिवर्तनका लागि रास्वपालाई अवसर दिनुपर्ने धारणा राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद