Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपाको शक्ति प्रदर्शन, अठराहा सुगौलीमा कानुलाई अबिर–गम्छासहित स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को अठराहा सुगौली टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

मतदाताहरूसँग अन्तरक्रिया गर्दै कानुले “घण्टी” चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । उनले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कानुले जनताको जीवनस्तर सुधार र भुइँतहका नागरिकको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्य रहेको बताए । विगतका निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले पर्सा – २ मा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति नभएको टिप्पणी गरे । “यो क्षेत्र आज पनि दुई दशकअघिकै अवस्थामा छ,” कानुले भने, “निर्वाचित भएपछि यो अवस्थालाई परिवर्तन गर्नेछु ।”

आफूलाई जनतासँग काम गर्ने अनुभव भएको व्यक्ति भएको दाबी गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कानुले आफ्नो प्रमुख चुनावी एजेन्डा सुशासन, आर्थिक विकास, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रहरूमा केन्द्रित रहेको बताए ।

उनले सुशासन र डिजिटल प्रशासनमा जोड दिँदै सरकारी सेवाहरू डिजिटलाइज गरेर पारदर्शी बनाउने, ई-गभर्नेन्स प्रणाली लागू गर्ने र भ्रष्टाचार रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उदाहरणका लागि, एकीकृत डिजिटल प्लेटफर्मबाट सेवा प्रदान गर्ने र नागरिकको डाटा सुरक्षित राख्ने उनको योजना पनि छ ।

सोहीगारी अर्थतन्त्र र विकासका लागि कानुले आर्थिक सुधार, रोजगारी सिर्जना र लगानी आकर्षणलाई प्राथमिकता दिने बताएका छन् । उनले स्टार्टअपहरूका लागि विशेष कोष स्थापना र विदेशी लगानीलाई सहज बनाउने जस्ता कदमहरूबाट स्थानीय युवाहरू लाभान्वित हुने उनको अपेक्षा छ ।

घरदैलो कार्यक्रममा स्थानीय युवाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद