Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा कांग्रेसलाई ठूलो बल: जसपा नेपालका मेयर उम्मेदवार सुरज मानन्धरसहित प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकामा राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन देखिएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट पर्सागढी नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका सुरज मानन्धरसहितका प्रभावशाली नेताहरू नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

बुधबार जनकपुर मा आयोजित नेपाली कांग्रेसको प्रतिज्ञा सभाका क्रममा मानन्धरसहित विभिन्न दल परित्याग गरी आएका नेताहरूले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन्। उनीहरूले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार अजयकुमार चौरसिया लाई समर्थन जनाउँदै पार्टी प्रवेश गरेका थिए।

सुरज मानन्धर २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालका तर्फबाट पर्सागढी नगरपालिकाको मेयर उम्मेदवार बनेका थिए। उनले उक्त निर्वाचनमा २ हजार ६ सय ८४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए। पर्सागढी क्षेत्रमा प्रभावशाली नेताका रूपमा परिचित मानन्धरको कांग्रेस प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

कांग्रेस प्रवेश गर्ने अन्य नेताहरूमा पर्सागढी नगरपालिका वडा नम्बर ४ का जसपा नेपालबाट निर्वाचित वडाध्यक्ष शेख खुर्सेद, वडा नम्बर १ मा जसपा नेपालबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका विकास दास, वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार मदन चौधरी, जसपाका नेताहरू रामकिशोर चौधरी, मंगल लामा र रवि स्याङ्बो पनि रहेका छन्।

कार्यक्रममा उनीहरूलाई नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, साथै कांग्रेस उम्मेदवार चौरसियालगायतका नेताहरूले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
प्रतिज्ञा सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृत्वले लोकतन्त्र, समावेशी विकास र सुशासनका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ प्रवेश गर्ने नेताहरूको भूमिकालाई पार्टीले सम्मानपूर्वक उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

पर्सागढी नगरपालिकामा जसपा नेपालका प्रभावशाली मानिने मानन्धरसहितका नेताहरूले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेपछि पर्सा–२ मा कांग्रेस उम्मेदवार चौरसियाको चुनावी अभियान थप सशक्त बनेको आकलन गरिएको छ।

स्थानीय तहदेखि प्रभाव जमाएका नेताहरूको समर्थनले पर्सा–२ मा कांग्रेसको संगठनात्मक शक्ति र जनआधार बलियो हुने कांग्रेस नेताहरूको दाबी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद