Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“पर्सा–२ मा अजयकुमार चौरसियाको दमदार उपस्थिती, रतनपुरमा कांग्रेसको मोटरसाइकल र्‍याली”

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २७,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रतनपुरमा मंगलबार नेपाली कांग्रेसले मोटरसाइकल र्‍याली तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसियाको सहभागितामा आयोजित उक्त कार्यक्रमले स्थानीय क्षेत्रमा चुनावी माहोल तताएको छ।

कांग्रेस उम्मेदवार चौरसियाको नेतृत्वमा सम्पन्न मोटरसाइकल र्‍यालीले रतनपुर गाउँको परिक्रमा गरेको थियो। र्‍यालीपछि आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका चौरसियाले आफ्नो अघिल्लो संसदीय कार्यकालमा सुरु गरेका केही विकास योजनाहरू अधुरो रहेको उल्लेख गर्दै आगामी कार्यकालमा ती सबै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “म यही माटोको मान्छे हुँ। जनता नै मेरा शक्ति हुन्। जनताको सेवामा म हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु।”
नेपाली कांग्रेस सधैं युवाको भावना र चाहनालाई सम्मान गर्दै आएको पार्टी भएको उल्लेख गर्दै चौरसियाले देश लहड र स्टन्टका भरमा नभई परिपक्व र अनुभवी नेतृत्वबाट मात्र सही दिशामा अघि बढ्न सक्ने बताए। उनले पछिल्लो समय केही उम्मेदवारहरूले आफूलाई ‘नयाँ’ भन्दै जनतामाझ आएकोप्रति प्रश्न उठाउँदै भने, “नयाँ भन्ने ती उम्मेदवारहरू माघ ६ गतेको मनोनयनअघि कुन पार्टीमा थिए ? पर्सा–२ र यहाँका जनताका लागि के–के गरे ? भोट माग्न आउँदा जनताले उनीहरूलाई यही प्रश्न सोध्नु पर्छ।”
उनले अहिले नेपाली कांग्रेसको नेतृत्व जुझारु युवा नेता गगन थापाजस्तो व्यक्तिको हातमा आइसकेको उल्लेख गर्दै यसले कांग्रेसप्रति जनताको भरोसा फेरि बढाएको दाबी गरे। यसको प्रत्यक्ष परिणाम आगामी फागुन २१ गते हुने निर्वाचनमा देखिने उनको भनाइ थियो।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी, कांग्रेस पर्साका पूर्व सभापति अजय द्विदेवी, जिल्ला उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति महमद साहाबुदिन, बहुदरमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह, नेताहरू मदन यादव, रुदल ठाकुर, वकिल सहनी, खलिल मियाँ, सुरेन्द्र मण्डल, राजेन्द्र मण्डल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसको संगठन मजबुत बनाउँदै पर्सा–२ मा पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय कार्यकर्ताहरूले पनि कांग्रेस उम्मेदवार चौरसियाप्रति समर्थन जनाउँदै आगामी निर्वाचनमा एकजुट भएर लाग्ने बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु
मुख्य समाचार

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु

प्रकाशित : २०८२ माघ २७,मंगलवार
मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार
धर्म

मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार

प्रकाशित : २०८२ माघ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद