वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा शनिबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका वडा कमिटी उपाध्यक्ष कुर्बान खानको नेतृत्वमा सयौं नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
खानसंगै अब्दुल रहमान अन्सारी, खÞलील अन्सारी,लाल खान,आजाद अन्सारी,सदरे आलम,सकिना खातुन लगायत नेताहरूपनि एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नवप्रवेशीहरुलाई पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे । त्यसअवसरमा बोल्दै यादवले मधेसका मुद्धा रक्षाका लागि नै आँफु एमालेमा प्रवेश गरेको बताउँदै एमालेबाट मात्रै मधेसको मुद्धा सम्बोधन हुने बताए ।
अहिले राष्ट्र र राष्ट्रियता संकटमा परेको भन्दै उनले एमालेले मात्रै यो संकटमा मुलुकलाई निकास दिन सक्ने भएकाले एमालेले जित्नु आवश्यक भएको बताए ।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा, प्रदेश सभाका पूर्व सदस्य जन्नत अन्सारी,एमाले नेता सुन्दर कुर्मी लगायतकाको पनि सहभागिता थियो ।



