Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा रास्वपाको आक्रामक अभियान : बालेन शाहका दाइसँग रामाकान्त चौरसियाको घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
8
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा प्रतिनिधिसभा उम्मेदवार रामाकान्त चौरसियाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका दाइ कौशल साहसँगै विभिन्न गाउँमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि देशभर पार्टीप्रति जनआकर्षण बढ्दै गएको दाबी गरिएको छ।

त्यसको प्रभाव पर्सा–३ मा समेत देखिन थालेको उम्मेदवार चौरसियाले बताएका छन्। बिहानदेखि बड्का झौवा, छोट्का झौवा, इटियाहीलगायतका गाउँमा घरदैलो अभियान सञ्चालन गरिएको हो।
घरदैलोका क्रममा चौरसियाले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराए। उनले सुशासन, रोजगारी सिर्जना, शिक्षा सुधार र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै स्थानीय समस्याको समाधानका लागि संसद्मार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

अभियानमा सहभागी कौशल साहले मुलुकमा व्याप्त राजनीतिक विकृति अन्त्य गर्न नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको बताए। उनका अनुसार जनताको विश्वास र साथ प्राप्त भए मात्र मुलुकमा वास्तविक परिवर्तन सम्भव छ, र त्यसका लागि रास्वपा उपयुक्त विकल्प हो।

यसअघि पर्साको दोस्रो सदरमुकामका रूपमा चिनिने पोखरियामा जेन–जी युवासहित तीन सयभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरिसकेका छन्। युवाहरूको बढ्दो आकर्षणले पर्सा–३ मा पार्टीको आधार बलियो बन्दै गएको स्थानीय बताउँछन्।

उम्मेदवार चौरसियाका अनुसार परम्परागत राजनीतिबाट आजित मतदाताहरू परिवर्तनको आशासहित रास्वपामा आबद्ध भइरहेका छन्। घरदैलोका क्रममा मतदाताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिह्नमा मतदान गरेर आमूल परिवर्तनको सुरुआत गर्न चाहेको प्रतिक्रिया दिएको उनले बताए।

घरदैलो तथा जनसम्पर्क कार्यक्रममा स्थानीय नेता, पार्टी कार्यकर्ता, युवा, महिला तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ २०,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद