Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १७,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा शनिबार नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त भेलामा पार्टीको संगठन सुदृढीकरण र चुनावी रणनीतिबारे व्यापक छलफल गरिएको छ।

भेलालाई सम्बोधन गर्दै पर्सा–२ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसिया ले लोकतन्त्रको रक्षा, विकास र राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेसको विजय अनिवार्य रहेको बताए। उनले कांग्रेसकै नेतृत्वमा मात्र मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सकिने दाबी गरे।

चौरसियाले पर्सा क्षेत्र नम्बर २ मा आफूले विगतमा गरेका विकास निर्माणका काम र आगामी दिनमा अघि बढाउने योजनाबारे कार्यकर्तालाई जानकारी गराउँदै चुनावी अभियानलाई अझ व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।
“कांग्रेसको शक्ति भनेकै जनता हुन्, पार्टीका समर्पित कार्यकर्ता हुन्,” उनले भने, “हामी सबै एकताबद्ध भएर घर–घरमा पुग्यौं भने विजय सुनिश्चित हुन्छ।”

भेलामा कांग्रेस केन्द्रीय सदस्य रामरुप कुर्मी ले संगठन बलियो बनाउन कार्यकर्ताको सक्रियता, अनुशासन र निरन्तरता अपरिहार्य रहेको बताए। उनले वडा तहदेखि नै संगठन मजबुत भए मात्रै चुनावी परिणाम पार्टीको पक्षमा आउने उल्लेख गरे।

त्यसैगरी बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह ले नेपाली कांग्रेस सधैं जनताको पक्षमा उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै पर्सामा विकासको निरन्तरता कायम राख्न कांग्रेस उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे। उनले स्थानीय तहमा कांग्रेसले थालेका विकासका कामलाई अझ अघि बढाउन अनुभवी नेतृत्व आवश्यक रहेको बताए।

बहुदरमाई नगरपालिका वडा नम्बर ४ का कांग्रेस बुथ सभापति राजेन्द्र यादव को अध्यक्षतामा सम्पन्न भेलामा संगठन सुदृढीकरण, घरदैलो अभियान, मतदाता परिचालन, प्रचार–प्रसारको रणनीति तथा स्थानीय तहमा देखिएका समस्या र जनअपेक्षाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले बहुदरमाई क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीजस्ता आधारभूत आवश्यकतासँग सम्बन्धित समस्याहरू उम्मेदवारसमक्ष राख्दै समाधानको अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०८२ माघ १७,शनिबार
वीरगञ्ज भन्सार कार्यालयको कारोबारमा कमी
मुख्य समाचार

वीरगन्ज नाकाबाट खाद्यान्न आयात घट्यो, ६ महिनामा ११ अर्ब ५७ करोडको आयात

प्रकाशित : २०८२ माघ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद